साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माला

Nepal Telecom ad

पार्टीले उम्मेदवारको नामावली घोषणा गरयो । उम्मेदवारको लिष्टमा उसको नाम पनि देखेर ऊ दंग पर्यो । श्रीमतीलाई घरमा फोन गरेर यो शुभसमाचार सुनायो । श्रीमतीले छिमेकी, नातागोता, शुभचिन्तकलाई यही समाचार रिले गरी । छिमेकी, नातागोता, शुभचिन्तक माला लिएर ऊ भएको ठाउँमा आइपुगे । यो लाममा केही कार्यकर्ता पनि थपिए । उसलाई माला लगाइदिनेको तँछाडमछाड चल्यो । घाँटीको माला थाम्न पनि उसलाई हम्मेहम्मे पर्यो । एकैछिनमा ऊ मालाले पुरियो । अबिर र मालाले पुरिएको अनुहारको बीचबाट ङिच्च दाँत देखाएर माला लाइदिनेहरुलाई उसले नमस्कार गर्यो । अबिर र मालाले पुरिएर ऊ अर्कै संसारबाट यस लोकमा झरेको मनुष्य जस्तो देखिएको थियो ।
चुनाव प्रचारप्रसार गर्न ऊ गाउँ गाउँ पुग्यो । शुभचिन्तक र समर्थकहरुले उसको गलामा अरु पनि माला थपिदिए । माला मात्र होइन भोट दिने अश्वासन पनि दिए । उसलाई लाग्यो, मालाले उसको व्यक्तित्वलाई थप चम्किलो बनाइरहेछ । आफ्नो व्यक्तित्व चम्किलो बनाइदिएकोमा उसले मालालाई मनमनै धन्यवाद दियो ।
चुनाव भयो, परिणाम आयो, ऊ पराजित भयो । परिणाम उसको प्रतिकूल आएपछि हतार हतार उसले आफनो घाँटीको माला खोल्यो र हातमा माला बोकेर घरतिर कुलेलम ठोक्यो । हातमा बोकेको माला टिटेबलमा राखेर ऊ सोफामा थचक्क बस्यो ।
उता ऊ घर पुग्दा नपुग्दै उसको विपक्षीले चुनाव जितेको विजय जुलुस निकाल्यो । विजयीको गलाभरि माला ओइरियो । उसकै घरको बाटो हुँदै विजयी जुलुस आयो । उसले भ्mयालबाट तल सडकको विजयी जुलुसलाई चिहायो । विपक्षीको विजयी जुलुसमा पहिले उसलाई माला लगाइदिने र भोट दिन्छु भन्नेहरु पनि थिए ।
आफनो विपक्षी अर्थात् विजयीको गलाभरि माला देखेर उसलाई खपिनसक्नु भयो । मालादेखि उसलाई रिस उठ्यो । आफनै घाँटीबाट भर्खरै खोलेर टिटेबलमा राखेको मालालाई उसले घुरेर हेर्यो । मालामा उसले विपक्षीको अनुहार शिवाय केही देखेन । विपक्षीको गाला सिँगार्ने माला देखेर उसको रिसको पारो चढ्यो । दारा किट्दै टिटेबलको मालालाई जुरुक्क उचालेर धुजाधुजा पार्यो र बाहिर फाल्यो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x