साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ स्वस्थानी ब्रतकथा

Nepal Telecom ad

हे अगस्त्य मुनि, तहाँ उप्रान्त नेपाल भूमण्डलका नरेशलाई नागार्जुनको रमणीय उपवनमा पठाउँदा भए । लामो समयसम्म शासन गर्दा–गर्दा दिक्क भयाका नरेश पनि आरामले रहँदा भए ।
यता, जड्डलका घुमन्तेहरू र गाउँका रमन्तेहरू भोकाएका गिद्ध झैँ सिंहदरबारको कुर्सीमा झम्टिँदा भए । कुर्सीका लागि तँछाड–मछाड गर्दा भए । के भनेर त्यहाँ गएको भन्ने मूल लक्ष्यबाट विमुख भई आपसमा हानाहान गर्दा भए । हे अगस्त्य मुनि, तहाँ उप्रान्त तिनीहरूमा भनाभन भयो, हानाहान भयो, कहिले खिर्की हाने, कहिले छिर्की हाने । त्यसमा छिर्की हान्न सिपालु ख्याउटे गोर्खालीले कुर्सी हत्याई बाँकी सबैलाई लत्याउँदो भयो । त्यसपछि बाँकी जन्मै उसको खुट्टो तान्नमै तल्लीन हुँदा भए र जनताका सारा काम त्यत्तिकै रहँदा भए ।
हे अगस्त्य मुनि, तहाँ उप्रान्त जनताले राताराता आँखा पारी हानथाप गर्ने र कुर्सीकै खेलमा लागेका सबै जड्डली र गाम्लेहरूलाई छानीछानी संहार गर्दा भए । तदुपरान्त मात्र नेपाल मण्डलमा चाहे जस्तो शान्ति र संविधान बन्दो भयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x