सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

इश्वरकाे थप्पड

Nepal Telecom ad

“बाबू ! तिमी ठूलो भएपछि के बन्ने ?” मायालु स्वरमा इश्वरले सानो बच्चालाई सोधे !
“अङ्कल ! म त डाक्टर बन्ने !”
“अनि तिमी नि ?”
“म त इन्जिनियर बन्ने !”
“तिमी ?”
“म त फिल्मको हिरोइन बन्ने !”
“तिमी चाहिँ ?”
“म त ब्यापारी बनी धेरै पैसा कमाएर चक्लेट खाने !”
“तिमी बाबू ?”
“म त बूढो भएर हजुरबुवा बन्ने !”
“तिमी के बन्ने नि ?”
“म मन्त्री भएर ठूलो घर बनाउने, पजेरोमा घुम्ने !”
इश्वरलाई बच्चाहरुसँग कुराकानी गर्दा खुब रमाइलो लाग्यो !
“बाबू ! तिमी के बन्ने ?” उनले अर्को बच्चासँग सोधे !
“म इश्वर बन्ने !” उसले सहजै जवाफ दियो !
“हँ !” इश्वरलाई पैतालादेखि झनक्क रिस उठ्यो !
“मेरो कुर्सी ताक्ने तेरो यत्रो हिम्मत ?” – बच्चालाई दुई चड्कन लगाएर इश्वर त्यहाँबाट टाप कसे !
काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सीप

सीप

डा.रवीन्द्र समीर
पाँच सय ! कति महँगो हो ?

पाँच सय ! कति...

डा.रवीन्द्र समीर
आयुको प्रार्थना

आयुको प्रार्थना

डा.रवीन्द्र समीर
देश

देश

डा.रवीन्द्र समीर
उपहार

उपहार

डा.रवीन्द्र समीर