साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्वाकेको बयान

Nepal Telecom ad

म त साथीले
विदेशबाट आको भन्यो
भेट्न आइेद्या हो
अलिकति खाम भन्यो
थोरै खाइद्या हो
हुँदैन त भनेकै हो
अलिकति लगा न भन्यो
टिस्स जिब्रोमा लाइद्या हो
धरोधर्म हवलदार साहब
रक्सी त मैले छुँदै छुन्न
हेर्नुस् न
हेर्दै टिबी लाग्या जस्तो छु
रक्सी त मलाई हुँदै हुन्न ।

कालीको कसम सर
आज साथीले मान्दै मानेन
यस्तो होला ठान्दै ठानेन
मैले थोरै मात्र पिएको हो
उसैले निहुँ खोज्यो
मैले धक्का मात्र दिएको हो
उसले त झन हवलदार साहब
मुक्काले हान्यो
लात्ताले ठोक्यो
हजुरको जवानले त
उसलाई छाडेर
मलाई पो बोक्यो
थाहै भएन बजियाले
के केको रिस पोख्यो ।

मैले त उसकी बुढीको
प्रशंसा मात्र गर्या हो
मेरी स्वास्नी ताक्ने
म नभएको बेला भन्दै
उही लड्न अघि सर्या हो

किन ताक्थेँ र उसकी श्रीमतीलाई
उसकी बुढी त
मेरी साख्खै सोल्टेनी पर्या हो
सोल्टिना भनेर
अलिअली जिस्क्या हो
सोल्टिना पनि
थोरथार मस्क्या हो
बजियाको षडयन्त्र नै रहेछ
बोलायो
पिलायो
बजिलाले हातैले ठोक्यो
लातैले ठोक्यो
तर हवलदार साहब
हजुरको जवानले उसलाई छाडेर
मलाई पो बोक्यो ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x