साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेसबुके स्वस्थानी– अध्याय ४

Nepal Telecom ad

कुमारजी आज्ञा गर्नुहुन्छ– ‘हे अगस्ते मुनि, यसअघि मैले तिमीलाई फेसबुके नारी–पुरुष, दुर्जन र पिशाच बारे कहें । आज म तिमीलाई फेसबुके मानव चरित्रबारे सङ्क्षिप्तमा कहन्छु । पौराणिक कालमा सतिदेवीको अङ्ग पतन भएको स्थानमा अङ्ग बमोजिमका शक्तिपीठहरु उत्पन्न भए । तेत्रायुग, द्वापरयुग र कलियुगको पूर्वार्धमा मानव जातिले ती शक्तिपीठहरूको पूजा–अर्चना गरे । त्यसको प्रभावले कलियुगको मध्यकालीन फेसबुके युगमा अङ्गस्थान बमोजिमका चरित्र भएका ब्यक्तिहरुको जन्म भयो । ती मध्ये केही प्रमुख अङ्गस्थाने फेसबुके मानव चरित्रबारे कहन्छु, ध्यान दिएर सुने ।’

१. मष्तिस्क स्थाने: यस्ता फेसबुके मानवले समय, परिस्थिति र अवस्थाको समग्र बिष्लेषण गरी आफ्ना बिचारहरू फेसबुकमा राख्दछ । यस्ता व्यक्तिहरूको सङ्गत गरे ज्ञान, विवेक र चेतनास्तर बढ्नुका साथै आफ्नो मान–प्रतिष्ठा पनि बढ्छ । यस्ता ब्यक्तिहरूलाई फ्रेण्ड रिक्वेस्ट पठाउने वा पच्छ्याउने (फलो गर्ने) कार्य गर्नुपर्दछ ।

२. कर्ण स्थाने: यस्ता फेसबुके मानवले विभिन्न सञ्चार माध्यममा छरपस्ट रहेका समाचार सङ्कलन गरी फेसबुकमा लिङ्कसहित शेयर गर्दछ । यस्ता ब्यक्तिहरूको सङ्गत गरे वर्तमान अवस्थामा भईरहेका गतिविधिबारे ज्ञान बढ्छ । यस्ता ब्यक्तिहरूको हौसला बढाउन कहिलेकाहीं उनीहरूको पोस्टमा लाइक र कमेन्ट हालिदिनुपर्दछ ।

३.जीभ स्थाने: यस्ता फेसबुके मानव मिठा–मिठा परिकाररका पारखी हुन्छन् र आफूले खाएका तथा गुगलद्वारा खोजिएका मिठा परिकारका चित्र राखेर आफ्ना मित्रव्यास (फ्रेण्ड सर्कल) लाई लोभ्याउँछन् र फूर्ति लाउँछन् । यस्ता ब्यक्तिको सङ्गतले ती परिकारहरु नखाए पनि हेरेर मुख मिठ्याउन पाइन्छ ।

४. नेत्र स्थाने: यस्ता फेसबुके मानवले अधिकांश उर्वशी, मेनका, अप्सराजस्ता कन्याको फोटो (फेक एकाउन्ट भएपनि) मन पराउँछन्, लाइक र ट्याग गर्छन् । नेत्रसुख चाहनेहरूले यस्ता मित्र बनाउनु उपयुक्त हुन्छ ।

५. हृदय स्थाने: यस्ता फेसबुके मानवले आफ्नो उमेरको समेत ख्याल नगरी मायाँ–पिरतीको कुरा वाक्यांश र चित्र माध्यमबाट प्रेषित गर्दछन् । भर्खरै प्रेम बसेका, अरुको माया–पिरती हेरेर रमाउने खालका ब्यक्तिहरूलाई यस्ता मित्र बनाउनु उपयुक्त हुन्छ ।

६. जनेन्द्रीय स्थाने: यस्ता फेसबुके दानवले अश्लील फोटो र लेख राख्ने, ट्याग गर्ने र अश्लील पेजहरू मन पराउने हुन्छन् । यस्ता दानवबाट टाढा रहनुपर्दछ र मित्र प्रस्ताव आएमा समेत ब्लक गरिदिनुपर्दछ ।

७. पाउ स्थाने: यस्ता फेसबुके मानवहरूको कार्य जिम्मेवारी वा इच्छा बिभिन्न स्थानमा घुम्ने हुन्छ । उनीहरु लोभलाग्दा प्राकृतिक दृष्यका चित्रहरू, स्थानीय व्यक्तिका चित्रहरू प्रेषण गर्दछन् । यस्ता व्यक्तिको सङ्गत गरेमा बिभिन्न स्थानबारे जानकारी हुने भएकाले यस्ता ब्यक्तिलाई मित्र बनाउनु उपयुक्त हुन्छ र कर्ण स्थाने व्यक्तिको पोस्टमा झैं लाइक र कमेन्ट हालिदिनुपर्दछ ।’
इतिश्री स्कन्दे, पुराणे केदारखण्डे कुमार–अगस्ते संवादे फेसबुके मानव चरित्रः नामो चतुर्थ अध्याय ११ ।
(फेसबुकको स्टाटसबाट टिपनटापन)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x