साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेडुसाका सर्पहरू

Nepal Telecom ad

मेडुसाका टाउकाका
घिनलाग्दा अनि डरलाग्दा केही सर्पहरू
सापट लिएर
मोहनी मन्त्र फुक्दै
एउटा अमूर्त छाँया भित्रिएको छ मेरो देशमा,
खुट्याउँनै नसकिने
छुट्याउनै नसकिने
सर्पै–सर्प बोकेको एउटा अमूर्त छाँया !
म लठ्ठिएको छु त्यसकै मोहनीमा,
बिर्सिएर आफ्नै सार्वभौम ।
अहो…!
सर्प अनि मणि–माणिक्यको दन्तेकथा,
राजा–महाराजाका कहानी,
झलझलाउँदा श्रीपेच र सिंहासनको बखान,
अँगेनाको वरिपरी भोक बन्धक राखेर
श्रीपेचका कहानी
लौन ! कत्ति सुन्नु…?
श्रीपेचले खाने नूनको स्वाद कस्तो होला ?
मेरो जाउलो बोल्न सक्दैन श्रीपेचको भाषा ।
म मणि कल्पिन्छु,
श्रीपेच कल्पिन्छु,
रगत उम्लिएर चढ्छ नशाभित्रको उकालो ।
सर्पहरू त मणि हुन् ।
मणिहरू नै त श्रीपेच हुन् ।
आज त…!
मेरै सामुबाट भित्रिएका छन् एउटा छाँयाको साथ लागेका सर्पहरू…!!
मैले देखेँ…
सर्पहरू आफ्ना भाइहरूभन्दा घिनलाग्दा छैनन्
सर्पहरू डरलाग्दा पनि छैनन्
सर्पहरू गरिब छैनन् ।
त्यसैले अहिल्यैबाट,
हो, यही विन्दूबाटै मैले बौलाउनु पर्छ
बराजुको बहादुरीमा लेखिएको आफ्नै ईतिहास
झुठो देख्नु पर्छ,
सगरमाथा होचो देख्नु पर्छ,
बुद्धलाई दुष्ट भन्नु पर्छ,
आफन्तको गर्धन काटेर
आलो रगतले
गर्नुपर्छ स्वागत
मेडुसाका टाउकाबाट फुत्किएका
केही सर्पहरूलाई अनि अमूर्त त्यो छाँयालाई ।
हो म बौहुलाएको छु अहिले ।
उही बौलाएको बहानामा,
आफ्नासँगको सम्बन्ध बिर्सिदिएको छु
नाता बिर्सिदिएको छु
संस्कार र संस्कृति बिर्सिदिएको छु
भाईचारा बिर्सिदिएको छु
मेरो सिङ्गो राष्ट्रियता बिर्सिदिएको छु
बिर्सिने सिलसिलामा
सर्पले डस्ने सत्य बिर्सिदिएको छु
बिष ओकल्ने उसको धर्म बिर्सिदिएको छु,
छायाँको छल बिर्सिदिएको छु,
िर, केवल संझिरहेछु
सर्पले फँणामा लुकाएको मणि,
मणि जडेको श्रीपेच र सिंहासनहरू ।
किन कि
म मेरो पहाडलाई एउटा विशिष्ट श्रीपेच पहिराउन चाहन्छु
मेरो मधेशलाई विशिष्ट श्रीपेच पहिराउन चाहन्छु
मेरो हिमाललाई पनि उत्कृष्ट श्रीपेच पहिराउन चाहन्छु
अनेकौं श्रीपेच !
जात–जातका श्रीपेच
रङ्ग–रङ्गका श्रीपेच ।
त्यसैले,
ए, मेडुसाका टाउकोबाट निस्किएका आयातित सर्पहरू !
तिमीहरूलाई म बौलाएर स्वागत गर्दछु
मेरो सिङ्गो सार्वभौममा ।
आऊ मणि ओकलेर
मेरो श्रीपेचको धोको पूर्ण गरिदेऊ ।
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आई अब्जेक्ट !

आई अब्जेक्ट !

सञ्जु बजगाइँ
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x