रातो रातो भाले रै छ ठुलै खाले ।
मिली खाउँ भन्दै सल्ला गर्न थाले ।
घाम डुब्दै गयो अनि लालटिन बाले ।
कोइ पानी उमाल्दै कोइले भाले ढाले ।
कोइ थिए गोरे कोइ थिए काले ।
काले गोरे मिली भुत्ला सबै फाले ।
खोया बिर्के सँगै सबै पेटमा हाले ।
घर पुगियो राती गोद्नु गोदे बाले ।
Δ
Fitkauli