साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुँगाको रामकहानी

Nepal Telecom ad

अलिकति जुँगा पलाउन पनि पाएको हुँदैन, पैलेपैले रहरमा, पछिपछि आफ्नै करकापमा जुँगाफँडानी चालु हुन्छ । जत्ति काम भए पनि सबभन्दा पैले यसैलाई ताछेर फाल्ने हतारो हुन्छ । यो क्रम प्रत्येक वर्ष तीब्र हुँदै जान्छ, जस्तो कि हरेक जन्मदिनले हामीलाई जुँगा उपहार लिएर आएको होओस् । आदर्शमा ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेर ठिक्क पार्छौं, तर व्यवहारमा भने जुँगालाई मुखको छेउछाउमा दुई तीन दिन पनि ढिम्किन दिंदैनौं । दिईहाले पनि चुच्चो, कुच्चो, मसिनो पारेर, काटेर, छाँटेर, रङ्ग्याएर,बङ्ग्याएर ! यस्तो लाग्छ– जुँगाले खाने मुख मात्र होइन, हेर्ने आँखा र सुन्ने कान समेत छेक्न आउला भनेर डराउँछौं ।
कुख्यातमा हिटलरदेखि बिरप्पनसम्म र विख्यात व्यक्तित्वमा भिआई लेनिन र किङ वीरेन्द्र हुँदै ख्यातको अग्निपरीक्षामा डटिरहनुभएका कम्रेड प्रचण्डज्यू सम्मका व्यक्तित्वका कहानीमा जुँगाको किस्सा आउँछ । धेरथोर इष्र्या त लाग्छ नै । मान्छेको जात न हो, तर आफ्नै ओरिजिनल जुँगा डिजाइन गरेर । त्यसलाई बजारमा स्थापित गराउने लेठो लियौं भने चैं हल्का जोखिम आइलाग्न सक्छ । हिजोकी नरम प्रियशी मिठाइकुमारी, आज छुच्चिन बेर लाग्दैन । (छ्या फोहोरी !) आपÞmन्तले ‘खत्तम भएर बिग्रेछ’ भन्छन् । हुन त यदि खत्तमै भैसकेको हो भने बिग्रे पो के बिग्रने हो र, सप्रे पो के सप्रने हो र ? तैपनि भन्छन् ।
बल्ल तल्ल एकदुई जना दयालुले ‘आयो जुँगामुठे !’ भनेर अलेलि भाऊ के दिन लाग्छन्, छरछिमेकीले डाहा गर्न थालिहाल्छन् । यसको इज्जत बढ्यो भनेर खुट्टा तान्छन् । पालेको छ जुँगा, तान्छन् खुट्टा ! सके डाइरेक्ट् जुँगै तान्नु नि, टण्टै खलाँस् ! खेदो खन्छन् । कुरो सोचेर ल्याउँदा झमेलाको ताँती देखिन आउँछ । तैपनि सम्भाव्य चुनौतीहरूलाई स्वीकार गर्दै हल्का जुँगा पालीहेर्ने ‘ऐतिहासिक’ निर्णय गरेको छु । जम्मा गर्नुपर्ने काम भनेको ‘जुँगा नखौरनु’ मात्र रहेछ । त्यसबाट नाफा हुन आउने समयमा त्यही जुँगा सहितको आफ्नो छिप्पेको फेसको फोटो खिचेर पÞmेसबुकको भित्तोमा सग्लै टाँस्नेछु । समर्थनको जनाउ दिन यस मन्तव्यको पुछारनेर एकथान ‘लाइक’ छोडीराख्नु होला ! धन्यवाद ।
चिलाउनेघारी सौरपानी, गोरखा
हाल : च्याङ्माई थाईल्यान्ड

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x