साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाजु, अघि बढ्नूस् !

Nepal Telecom ad

निवर्तमान कमरेड बाबुराम भट्टराई प्रायस् कसैले नगरेका काम गर्न रुचाउँछन् । यो कमरेड समरेड भन्न छाड्दा हुन्छ होला अब, दाजु भनौँ । दाजुले आफ्नो पालाको एसएलसी परीक्षामा बोर्ड फस्ट पड्काउने कार्यमार्फत यस्ता अद्वितीय कार्यका सिलसिला सुरु गरेका हुन् । मुलुकमा बम, बन्दुक, व्यारेक र पुलहरू पड्काउने काममा पनि उनले रेकर्ड कायम गरेकै हुन् । चालीसौँ वर्ष लगानी गरेको राजनीतिक पार्टी र आस्थालाई अचानक त्यागेर दुनियाँलाई छक्क पार्ने काम पनि अरू कसले गर्यो र !

थप अचम्मका काम गर्न उनी अग्रसर छन् । अब उनले आफ्नो खुट्टामा आफैँ उभिएर देखाउने रे ! आमनेताहरूभन्दा बिलकुल फरक आफैँले पैसा कमाएर भात खाने रे ! अब उनी मास्टर भएर कलेज पढाउन थाल्नेछन् । भाउजूलाई पनि आत्मनिर्भर बनाउन विश्वविद्यालयमा जागिर खुवाउने छन् । चन्दा, दान, दातव्य, लेबी, खोसखास, खासखुस इत्याादि कर्मबाट आर्जन गरिएको कमाइ खान अब उनलाई सरम हुनेछ । उनले एउटा अन्तर्वार्तामा आफ्ना आगामी योजना खुलस्त पारेका छन् ।

अझै नौलो काम सुन्नूस् । देशको प्रधानमन्त्री भइसकेका व्यक्तिको श्रमप्रतिको आस्थाको प्रशंसा गर्नूस् । विश्व विद्यालयमा राम्रो जागिर नपाउन्जेल उनले साथीभाइका कन्सल्टेन्सीमा काम गर्नेछन् । श्रीमतीलाई पनि त्यस्तै कुनै कन्सल्टेन्सीमा जागिर मागिदिनेछन् । दुवै जना आर्किटेक्ट र प्लानर भएकाले पक्कै पनि साथीहरूले काम देलान् भन्ने उनलाई विश्वास छ । त्यति भए बूढाबूढीलाई पेटै पाल्न गाह्रो नहोला भन्ने उनलाई लाग्छ । दुवै जना यतिका योग्य छौँ, काम गरेरै सम्मानजनक ढंगले पालिन सक्छौँ, उनले भनेका छन् । विगतमा उनले पार्टीले दिएको तलब, कार्यकर्ताले उठाएको चन्दा र व्यापारी ठेकेदारहरूले दया गरेर दिएका भीखले जीवन गुजारेका रहेछन् । अब त्यस्तो दरिद्र, पराश्रित र अपमानित जीवन नजिउने उनको चाहना छ ।

‘पूर्वप्रधानमन्त्री’ आफू र ‘पूर्वमन्त्री’ श्रीमती जुटेर कमाएको आर्जनले मात्र खान–लाउन नपुग्ने हो कि भनेर व्याकअपका लागि छोरीलाई बाख्रा पाल्न लगाउने दाजुको योजना छ । छोरी पनि तयार भइसकिन् । कति आज्ञाकारी परिवारका सदस्य ! घरमूलीले भनेपछि पार्टी न सिद्धान्त !

तर, दाजुले ‘नयाँ शक्ति’को कार्यालय सञ्चालन गर्न थाल्दाचाहिँ ‘डोनेसन’ लिनैपर्ने छ रे ! ‘डोनर’हरूलाई चेतना भया । तर, त्यस्तो खजाना पहिलाजस्तो भित्रभित्रै गोलमाल गरिने छैन । दाजु एकदमै पारदर्शी हिसाब राख्न रुचाउने व्यक्ति भएकाले विगतमा भएका गोलमालप्रति उनलाई पश्चात्ताप छ । निर्वाचन आयोग लगायत कति ठाउँमा उनले झूटा विवरण पेस गर्नु परेकामा ग्लानि भइरहेको छ । त्यसैले अबको कारोबार गर्दा सूचना प्रविधिको प्रयोग गरेर दुनियाँले छर्लंगै देख्ने गरी हिसाब राख्ने कुरा छ ।

अब उनले सच्चिने, सुध्रिने र आफ्नो परिवारका लागि दालभातको आफैँ जोहो गर्दै नयाँ शक्ति निर्माण गर्नेछन् । त्यसपछि आफैँ नेता बन्ने परम्पराका विरुद्ध नयाँ शक्तिको नेतृत्व नयाँ पुस्तालाई सुम्पेर मुलुकको कायापलट गर्ने उनको लोभलाग्दो योजना छ । अन्तर्वार्ता सुनेपछि हामी भाइ पुस्ता दाजुको नयाँ शक्तिका घोर समर्थक भएका छौँ । किनभने, उनको नयाँ शक्तिले हाम्रा पालामा नभए पनि हाम्रा पनातिका पालासम्ममा केही न केही लछारपाटो लगाउन के बेर ! त्यसैले हामी भन्छौँ, अघि बढ्नूस् दाजु, साथ दिने हामी छौँ । जय नयाँ शक्ति !

नेपाल, कार्तिक २३, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x