साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अदालती प्रेमपत्र

Nepal Telecom ad

नेपालको झुर दर्शनका प्रमुख धपानाथ थुक्लालाई सुप्रिम कोर्टको खतरापत्र प्राप्त भएछ । उनी त तीन छक्क परे । खानु न पिउनु, पुर्पुरोमा चिनु ! मैले कसको के बिगारेको छु र यो तातो न छारोको सास्ती भन्ठानेर उनले खिन्न मुद्रामा पढ्न थाले ।

अदालती भाषा र बेहोरामा लेखिएको रहेछ– नेपालको झूरदर्शनले गर्दा यस देशको भयङ्कर बेइज्जती भयो । सार्क देशहरूको हाजिरी जवाफ प्रतियोगितामा नेपाली सहभागीहरूले आफ्नै देशका नेताहरूलाई पनि चिन्न सकेनन् । यो भन्दा लाजमर्दो कुरा अरु के होला ? यो सब तपाईकै झूरदर्शनमा समाचार बाचन गर्दा र दृश्य देखाउँदा, एउटालाई भन्यो अर्कोलाई देखायो– गर्नाले भएको हो ।

सो प्रेमपत्रमा थप लेखिएको रहेछ, गिरिजा कोइराला भनेर सुशील कोइरालालाई देखाउने, कृष्णप्रसाद भट्टराई भनेर देउवालाई देखाउने, मनमोहन भनेर भरतमोहनलाई देखाउने, शैलजा भनेर चन्द्रशेखरलाई देखाइदिने अनि गजेन्द्रनारायण सिंह भनेर भारतीय राजदूतलाई देखाइदिने गरेको हुनाले नै हाजिरी जवाफको भिजुअल राउण्डमा हाम्रा नेपाली प्रतियोगीहरू चिलिम भए । कसैलाई चिन्न सक्या होइन ।

यसबारेमा सरकारी वकिलको जिकीर छ, तपाईले यसरी जथाभावी गर्नु गराउनुमा विदेशीहरूसँग मिलेमतो गरी उनीहरूलाई नै जिताउन खोजिएको त होइन ? यस्तो देशद्रोही काम गरे बापतमा तपाई धपावाप्य थुक्लालाई देशका युवाले हाम्रो सामान्य ज्ञान बिगार्ने यै हो– भनेर धपाए भने भोलि कोर्टको शरणमा गुहार माग्न नआउनू । फुर्सत भए चित्त बुझ्दो स्पष्टीकरण लेखी पठाउनू ।

लाटोले केरा हेरे झैं थुक्लाले मुखको थुक सुकाउँदै त्यो अदालती प्रेमपत्रलाई पक्क परेर पल्टाउन थाले ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x