प्रेम ओली ढकलपुरेकुखराचोर करारमा छ
सके उडाउछु
नसके समुन्द्रबाट
भए पनि गूडाउछु भनी
मान्छेलाई करोडौ ठग्नेहरूलाई
पुलिस भन्छ फरारमा छ
बिचरा कुखराचोर करारमा छ ।
घरेलु कामदारका तस्करहरू
जङगली जानवरका तस्करहरू
यतै उदै झुल्के पनि
पोलिसको रिपोर्टमा फरारमा छ
बिचार बाख्रीचोर करारमा छ ।
हत्यारा हुन् या दलाल हुन्
डन हुन् या हलाल हुन्
डिस्को क्यासिनोमा झुमेका छन्
पुलिसकै अगाडि पछाडि घुमेका छन्
तर पुलिस भन्छ फरारमा छन्
बिचरा चल्लाचोर करारमा छन् ।
मोस्ट वान्टेडहरू
कति बाटोमा देखिन्छन्
कति पार्टीमा देखिन्छन्
गाउँमा डाँका हाल्नेहरू
जनता माथि सकेट बम फाल्नेहरू
सिंहदरबार वरिपरी आउछन्
अझ शक्तिको धाक लाउछन्
चम्चागिरी गर्दै
नेताको गुनगान गाउछन्
तर तिनीहरू
पुलिसको लिस्टमा फरारमा छन्
बिचरा मकैचोर करारमा छन् ।
कागजमा हत्यारा छन्
तर नेताका यिनी गोत्यार छन्
पुलिसकै अगाडि
खुलम खुल्ला हिंडेका छन्
पजेरो पनि चडेका छन्
तर पुलिस भन्छ फरारमा छन्
बिचरा कुखराचोर करारमा छन् ।
दाङ, हालः काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































