कोमल भट्टकुलङ्घार बढ्दा !!
दुख्यो देश ज्यादै दुराचार बढ्दा
झर्यो आँसु द्रोही र गद्दार बढ्दा !!
भुली बन्धु कोही मिले शत्रुसङ्ग
मर्यो भाइचारा कुलङ्घार बढ्दा !!
भयो तामसी डग्मगायो मितेरी
टुट्यो स्वच्छ नाता तिरष्कार बढ्दा !!
न खोजौँ मुनाफा र नोक्सान साथी
मनोवृत्ति बिग्रन्छ व्यापार बढ्दा !!
सुलुक्कै निलौँला सरी गर्छ ब्वाँसो
थचारिन्छ आफैँ अतीसार बढ्दा !!
कवै सिंह बन्दैन है स्याल जान्नु
झुटो शान देखिन्छ शृङ्गार बढ्दा !!
फटाहासितै रम्छ त्यो बेइमानी
खुबै गर्छ डाहा इमान्दार बढ्दा !!
हुँदो रैछ गाह्रो सधैँ खप्न चोट
नदी नाघ्छ सीमा लगातार बढ्दा !!
रोचेस्टर, न्युयोर्क
Subscribe
Login
0 Comments
Oldest





































