साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल मुक्तक– ३

Nepal Telecom ad

१.बालुवाको महल

छोरो क्याम्पस भनी
‘टायम पास’ गर्दो रहेछ ।
छोरी कम्प्युटर भनेर
च्याट र बेव साइट चहार्दी रहिछ !
बूढा बाउआमा बालुवामा
कल्पनातीत महल बनाउँदछन्–
सन्तान आफूखुसी मोजमस्ती गर्दै
जीवन बिगार्दा रहेछन् ।

२. बनाबटी स्वाङ्

गरिबहरूलाई
भालेको डाक राहत हुन्छ ।
अभावमा रहर भो भने
प्राप्तिको चाहत हुन्छ ।
न इच्छा न अभान
देखासिकीका लागि
बनावटी स्वाङ् त
सभ्यताकै सफाचट् हुन्छ ।

३. निर्माणका पाइला

नदीबाट बिजुली निकालेर
हृदय उज्यालो पार्नुपर्छ ।
अशान्तिको डढेलो निभाउँदै
शान्तिको दियो बाल्नुपर्छ ।
बलेँसीबाट रगत वर्षा गरी
आँगनलाई कुरुक्षेत्र नबनाऔं
आज गर्ने, भोलि गर्ने होइन–
अब निर्माणका पाइला चाल्नु पर्छ ।

४. रबैया

क्रान्तिकालमा नेताहरू
समानताको कुरा गर्थे ।
अन्तरिम कालमा उनीहरू
प्रतीक्षाको घडा भर्थे ।
बाह्र वर्षमा धोती न टोपी
बनाएछन् प्रजातन्त्रलाई ।
मौका परे तिनीहरू–
अरु देशमै पो डेरा सर्थे ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६०

बेलाको बोली- १६०

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x