सीता तिवारीसहनु पो कसरी लौ
दिन दुगुना रात चौगुना भ्रष्टाचार छ आमा,
हार्नेलाई फूलमाला जित्नेलाई झार छ आमा !
मुखमा त राम राम छ बगलीमा छुरा राखी,
न्याय दिने न्याधिषबाटै बलत्कार छ आमा !
किन्छन मुटु बेच्छन मुटु अरबौँ र खरबौँमा,
कसरीपो मानव भनु नारकिय व्यवहार छ आमा !
मान्छे काटि मान्छे पुज्छन् मान्छेले नै मन्दिरमा !
सहनु पो कसरी लौ अत्याचार छ आमा !
तिवारीभञ्ज्याङ, भोजपुर
Subscribe
Login
0 Comments
Oldest




































