साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता रोग

Nepal Telecom ad

यो त्यही देश हो,
जहाँ अधिकांश मानिसहरू
नेता रोगले ग्रस्त छन्,
नेता रोगले भ्रमित छन् !

नेता रोग लागेपछि मान्छे
बकबक बोलिरहन्छ
बोल्नमा उसलाई कसले जित्ने ?
बोलीले लंका जलाइदिन सक्छ
बोलेकै भरमा ऊ बिजुली बालिदिन सक्छ,
बोलीलै नै स्वीजरल्याण्ड घुमाइदिन सक्छ
तर काम भने मुसाको पुच्छर काट्न सक्दैन
तर मान्छेका घाँटी सजिलै काट्न सक्छ !

नेतारोग लागेपछि मान्छे
राष्ट्रवादी बन्न कत्तिबेर लाग्दैन,
हेर्नुस्, नेता रोगका सबसे बडा उदाहरण–
ओलीको ठेलागाडा राष्ट्रवाद
प्रचण्डको साइकल राष्ट्रवाद
बाबुरामको शक्तिस्खलनको राष्ट्रवाद !

गणतन्त्रलाई खिसिट्यरी गर्दागर्दै
नेता रोग लागेको मान्छे
गणतन्त्रकै प्रधानमन्त्री बन्न बेर लाग्दैन ।
मालेमावादको चश्मा,
जबजको जामा,
प्रचण्डपथको लाली,
उदार समाजवादको गिदी हालेर
नेता रोग लागेका मान्छेहरू सुन्दर पुतला बन्छन् !

जनता त बुद्धु हो, बुद्धु
कसैले निर्देश दिँदैमा त्यही पुतला पुज्न
या, त्यही पुतला जलाउन
ऊ बहादुर कहलिएको छ !

यो त्यही देश हो,
जहाँ प्रत्येक सुन्दर बिहानहरू
नेता रोगले खर्लप्प निलिरहन्छ !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x