साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वस्ताद, वस्ताद पत्रकार !

Nepal Telecom ad

मैले बुझ्न नसकेको एउटा कुरा नी । पत्रकार, लेखक भएरपनि मान्छेलाई नपुग्ने रैछ ? पत्रकारिता, लेखनलेनै मानिसलाई स्थापित गराउँदैन र ? नाम कमाउन, समाजमा चिनिन, स्थापित हुन के यो पर्याप्त छैन र ? कि कलमले त्यो स्थापित गराउने हुति नभएर हो ? नत्र पत्रकार भन्छन् साथीहरु । अनि दुनिया थरी संघ संस्थामा बस्छन् । १२ हात माथि उफ्रिँदै पद लिन्छन् । त्यहि पदको वरिपरि बस्छन् । पदाधिकारीका सामुन्ने अडेस लाएसि ठूलै हुँ झैं गर्छन् । जेमा चाख र चासो अनि चिन्ता छ त्यहि गर्नु नी । पत्रकार हुँ भन्ने अनि पत्रकारिता चाहिँ नगर्ने । गरिहालेपनि जाँडपानी खाको, देउसी गाएको, कुखुरो भुत्ल्याएर चटनी खाको, नेता आएको, कलाकारले कम्मर मर्काएको । पत्रकार हुँ भन्नलाई कस्तो लाजपनि मान्दैनन् हो ! कलममा दम्भ नभएसि, मनमा लेखेर देखाउछु भन्ने आँट नभएसि, लेख्ने कला फागुनको पतझर वनझैं उजाड भएसि त अनेक देख्न पर्ने । त्यस्तैले अझ दाँत ङिँच्च पार्दै पत्रकारिताका अन्टा सन्टा मिल्दै नमिल्ने कुरो पो गर्छन् त !! पत्रकारिता गर्ने केहि साथीहरुले एफ एन जे युरोपको सदस्य बन्नै नखोज्नु कारण त्यसै होइन के । अझ कोहि त आफ्नो हुति नहुने अरु यस्सो फाट्ट फुट्ट पत्रकारले लेखेको न्युजमापनि डराएर \’फालानाले त बाँकि राख्दैन, डर लाग्छ\’ भन्दै तर्किने पो गर्छन् । अनि खानपिनवालासित कुम जोड्छन् । मान्छे ओसार्ने, सांक्रितिक साँझामा जाँडपानीसहितको उपस्थितिको न्युज भनेसि गुलाफका फुर्का जोडी जोडी न्युज लेख्छन् । अचार कसले बनएको हो र त्यो अचार बनाउने नुन कसले किन्या भन्ने सम्म लेख्न नभुल्ने गरि । औपचारिक कार्यक्रमको कसरि समाचार लेख्ने ? कसरि सबैको जाति हुने ? पत्रकारिता पेश भनेको सबैको जाति बन्नु हो । कतै घोच्नु, थिच्नु, पेल्नुहुन्न भन्ने नयाँ मान्यताको पत्रकारिता सिकाउनु परो भने मोहन मैनाली, रामक्रिष्ण रेग्मी, ध्रुवहरी अधिकारी, श्रीराम सिं बस्नेत जस्ता प्रशिक्षकले युरोपका नेपाली पत्रकार मगाउनु । तपाईहरुलाई माथ गर्ने वस्ताद वस्ताद छन् पत्रकार ह्याँ ।

-दधि सुवेदी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x