साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोकान

Nepal Telecom ad

१.
नेपाल रूँदा तिमीलाई दुख्दैन भने तिमीलाई कसरी नेपाली भनौँ ?
हिमाल जल्दा तिमीलाई पोल्दैन भने तिमीलाई कसरी हिमाली भनौँ ?
ढाका टोपी र दौरा सुरूवालले मात्रै राष्ट्रियता झल्किँदैन महाशय !
पराईले माटो मिच्दा तिम्रो रगत तात्दैन भने तिमीलाई कसरी गोर्खाली भनौँ ?

२.
रूवाएर पठायौ आज तिमीले मलाई भिजाएर पठायौ
नमिलेका अनगिन्ती धर्साहरू थिए मिलाएर पठायौ
ठिकै भएछ आज तिमीलाई भेटेको, राम्रै गरेछु मैले
मन फाटेर छियाछिया भएको थियो, सिलाएर पठायौ ।

३.
जोसँग पनि धेरै बोलेर होला म हल्का भएछु
मनका कुरा सबै खोलेर होला म हल्का भएछु
यहाँ त ‘ठुलो मान्छे’ हुन गर्धन फुलाएर मैँ हुँ भन्नुपर्छ
दूधमा पानी नघोलेर होला म हल्का भएछु ।

४.
यो अन्धकारमा मैले घाम मन पराएँ त के बिराएँ ?
टोकेर हैरान पार्ने लामखुट्टे धपाएँ त के बिराएँ ?
तिमी मसँग जहिले पनि खालि सस्तो कुरामात्रै गर्छौ
सत्यको निम्ति मैले फलाम चपाएँ त के बिराएँ ?

हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x