साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्धा स्वयम्भु ?!

Nepal Telecom ad

स्वयम्भु नाथ !
तिम्रा आँखा कता बरालिए कता ?!
बेखबर छन्
आफ्नै अगल बगलमा बसेका मोक्षदा र वरुधा
कतै नागार्जुनले छेकिए कतै फुलचोकीले
ओझेल परेका छन्
लमतन्न सुतेका बुढानिलकण्ठ
पर पशुपति छोपिएका छन्
जय बागेश्वरीको छायाँमा ।
के देख्दा हौ
आर्यघाटको कतै कुनामा
कायर भएर लुकेका विरुपाक्ष ?!
के नजर पर्दो हो
विवश अन्नपूर्णका आँसुमा ?
पाथिभरा आजित भ’कि छिन्
उद्दार गरी नसक्नु छ
र नै साउती गर्न थालेकी छिन्
भ्याई न भ्याई
मानभरा कि कन्चनजङ्घा ।
कतै त तिमी तल हेर
जन जनको आर्तनाद सुन र
देख्दैनौ
हर झुपडीमा डाँका डालेर
पर राजमहलको खाँबो गाडेको ?!
कतै हिमाल हाँसेको हेर
रातमा पनि जून हाँसेको त हेर
चारैतिर हेर
सक्छौ अँध्यारो गल्लीमा आशाका किरण छर ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम संदेश

अन्तिम संदेश

टङ्क कार्की
पख, म आफैं फाँसी चढ्छु 

पख, म आफैं फाँसी...

टङ्क कार्की
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x