साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवाडी गफ

Nepal Telecom ad

दुईवटा फुच्चे
फोहरमा सामान खेर्दैथे
ओल्टाइ पल्टाइ हेर्दैथे
एउटा भन्यो
हेर त यो जुत्ता !
चँुडिएको छ फित्ता
खिएर भएको बित्ता
यो लाउने पक्कै गैंडा हुनुपर्छ
तुना कस्सिएको छ
सोल धस्सिएको छ
कति लोभी रहेछ बजिया
थोत्रो होउन्जेल लाको छ
हेर त जुत्ताको हालत कस्तो भाको छ ।

अर्कोले भन्यो
हेर त यो चप्पल पनि
पक्कै महिलाको होला
यसलाई त जिन्दगी भरी
गरिवीले नै खायो होला
गाँसेको छ, टाँसेको छ
ठाउँ ठाउँमा कसरी नासेको छ
नयाँ फित्ता हाल्न नसकेर
कति पटक सिएको छ
पुच्छरतिर पनि हेर्न
कसरी खिएको छ
बन्ने भए अझै लाउँथी होला
सिलाउन सकेको भए
फाल्न के भ्याउँथी होला ।

फेरि आर्कोले भन्यो
ल हेर त यो माछाको क्यान
कस्तो लोभी रहेछ चाटी चाटी खाको छ
ढक्कन पनि हेर त
कसरी काटी काटी खाको छ
खुत्रुक्क भएपछि मात्र हामी कहाँ आको छ
यहाँ मान्छेले के फाल्थे
भने जस्तो पाउने भए
तिनीहरूले पनि यै काम थाल्थे ।

अर्कोले भन्यो
हेर त यो बोटल थोपो पनि छोडेको छैन
दुई चार घुटको पनि यसो तान्न पाइन्थ्यो
बजियालाई के माया
यो हामीलाई पनि चाहिन्थ्यो
अर्कोले भन्यो
ओई ?
हामी त विदेशमा जन्मनु पथ्र्याे है
त्यहाँ त फोहरमा
नयाँ नयाँ लुगा फाल्छन् रे
खानेकुरा पनि टन्न हाल्छन् रे
तर जान पाइँदैन खोई ?

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x