सुलसुले‘सहयात्री शब्दहरू’ माथि विवेचना
काठमाडौं, ४ वैशाख । पछिल्लो केही समय यता स्रष्टाका कृतिमाथि समीक्षाका कार्यक्रमहरू निक्कै हुन थालेका छन् । कवि दीपेन्द्रसिंह थापाको दोस्रो कवितासङ्ग्र्रह ‘सहयात्री शब्दहरू’ माथि पनि बिहिबार राजधानीमा समीक्षा भएको छ । स्रष्टा प्रतिष्ठान नेपालले आयोजना गरेको उक्त कार्यक्रममा कवि सिंहले आफ्ना केही प्रतिनिधि कविता समेत वाचन गरेका छन् ।
समालोचक विनयकुमार शर्मा र डा. रेणुका थापाले कवि दीपेन्द्र सिंहका कवितामाथि विवेचना गरेका थिए । साहित्यकार उषा शेरचनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. रामप्रसाद ज्ञवाली, पूर्ण विराम, प्रमोद स्नेही, राधेश्याम लेकाली लगायतले मन्तव्य र रचना प्रस्तुत गरेका थिए । सिंहको कविता सङ्ग्रह शब्दहार क्रियसन्सले प्रकाशन गरेको हो ।
Subscribe
Login
0 Comments
Oldest












































