साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली हाइकु वाचन

Nepal Telecom ad

काठमाडौँ, ४ वैशाख ।
दुष्ट छिमेकी
हाम्रो भान्सा निलेर
तेल डकार्छ ।

महाभूकम्प,
जति विध्वंस गर
बनाइरहन्छाैँ ।
हाइकु काव्य प्रतिष्ठान (हाइकान) को आयोजनामा ललितपुरमा भएको हाइकु गोष्ठीमा हाइजिनहरूले भूकम्प र नाकाबन्दीले ल्याएको यस्तै पीडा तथा राजनीतिकर्मी र सत्तामा बस्नेको स्वार्थी प्रवृत्तिमाथि यसैगरी व्यङ्ग्य कसे ।
उनीहरूले स्वदेशमै श्रम गर्न, बुद्धको शान्तिमार्ग रोज्न, आफूलाई चिन्न र अहंलाई त्याग्न पनि आग्रह गरे ।

कार्यक्रममा रामकुमार पाँडे, वज्रराज शाक्य, मुकुन्द आचार्य, बमबहादुर जिताली, लालबहादुर भुजेल, श्रीहरि फुयाँल, श्याम रिमाल, मित्रबन्धु पौडेल, सुमी लोहनी, सुषमा मानन्धर, ईश्वरीमैयाँ श्रेष्ठ, विमल ताम्राकार, मङ्गल नारायण जोशी, अमर राजोपाध्याय, मोक्षबहादुर अमात्य, धर्म राजकर्णिकार लगायत २४ जनाले नेपाली र नेपाल भाषामा आ–आफ्ना हाइकु सुनाउनुभएको थियो ।

सो अवसरमा हाइकुको विकासमा योगदान दिनुभएका पाँडे, आनन्द जोशी र रुक्मिणी श्रेष्ठलाई सम्मान गरिनाका साथै जोशीद्वारा नेपालभाषामा लिखित ‘घाउले देखाएको बाटो म ः मेरो पाइला’ शीर्षक हाइकु सङ्ग्र्रहको विमोचन गरिएको थियो ।

कार्यक्रममा हाइकानका अध्यक्ष इन्द्र मालीले हाइकु र कवितामा केही फरक नहुने बताउँदै हाइकु लेखनमा अनुशासित भई लाग्न हाइजिनहरूलाई आग्रह गर्नुभयो । नेपाल हाइकु केन्द्रबाट ‘नेपाली हाइकु’ तथा हाइकानबाट ‘आजको हाइकु कविता’ र ‘नेवाः हाइकु’ पत्रिका प्रकाशन भइरहेका छन् ।

विसं २०१९मा जापानबाट नेपालमा शङ्कर लामिछानेले भित्र्याएको हाइकुमा पाँच–सात–पाँच गरी सत्र अक्षर र तीन हरफ हुन्छन् । हाइकुमा मौसम, प्रकृति र संस्कृतिका विम्ब प्रयोग गरी कुनै विषयवस्तुलाई पस्कने गरिन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x