कणाद महर्षिलाचार धरती
चिरेर गाला,
निचोरेर ओठ
तिमीलाई म्वाईं खाने मन छ
भुत्ल्याएर कपाल,
निमोठेर कान
तिमीसँग एकान्तमा
कानेखुसी गर्ने धोको छ
फुकालेर लुगा
सोहोरेर शरीर
लमतन्न तिमीलाई
एकाधिकार भोग्ने इच्छा छ
यो ! मैले होइन
देशलाई सत्ताले भनेको हो
देश ! धरती हो
तर शक्तिको व्यभिचार अगाडि
धरती पनि लाचार हुँदो रहेछ
चावेल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































