साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन तारा तित्रिक्क

Nepal Telecom ad

देशको बजेट जब अरब पुग्यो, युवा भागे अरबतिर
अब देशको बजेट खरब नाघ्यो, यो खरब देश छ कतातिर ?
बायुसेवा निगमको त्यो लगानी उड्यो सिद्धियो
अब जलसेवा निगम खोल्छन, नउड्ने डुब्ने भित्रियो ।
(१)

जता फर्क्यो झिलिमिली बिजुली, खानिखानी तेलैतेल
यतै एयरपोर्ट उतै हेलीप्याड देशैभरि रेलैरेल
शहर गाउँ जता जाउँ मेट्रै मेट्रो ठेलम ठेल
घरघर ग्यास टोलटोल उद्योग, सर्प विच्छी भ्यागुतो मेल
तलब भत्ता बढीबढाउ छ, तक्मा सम्मान बाढी भेल
आयो मदारी मसान जगाई काला जादु हेरौं खेल !
(३)

बजेट पास, विधेयक पास, नीति कार्यक्रम पास
प्रस्ताव पास, सरकार पास, आसे पासे सप्पै पास
डिस्टिङ्सन् र फस्ट डिबिजन भन्दा कम क्वै छैन
देश र जनता यी दुई बाहेक फेल हुने कोही छैन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x