साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वि.सं.२०९३ सालको होल नेपाल टुर

Nepal Telecom ad

“अरुकी लक्ष्मी भए नि साँढेकी त स्वास्नी न हुन्” जस्ता कटु ‎टुक्काहरू‬ जसै कानमा परे, यताउता हेरेँ । टि.भी. चलिरहेको रहेछ । सम्बत् दुई हजार बहत्तर सालमा ‪‎लोकप्रिय‬ बजेट ल्याएर नेपाली जनता सामू जनप्रिय बनेको ने.क.पा.एमालेले छयहत्तर सालको आम चुनावमा ‪‎दुईतिहाई‬ बहुमत ल्याएर संबिधान संशोधन गरी जनताबाट ‎प्रतक्ष्य निर्वाचित कार्यकारी‬ प्रमुख बन्ने ब्यबस्था गरेको थियो नेपालको संविधानमा ! ‪‎पाँचौँपल्ट प्रधानमन्त्री‬ जितेको खुशियालीमा ‪‎ओली बाजेले‬ नेपाली जनताको नाममा सम्बोधन गर्दै रहेछन् ।

‪‎मेचीमहाकाली बुलेट रेलवे‬ अन्तर्गत ‘चितवन स्टेसन’मा रेल रोकिएको थियो । श्रीमतीले झ्यालबाट बाहिर देखाएर भनिन्– “यो १२० तले भवन ‪एमालेको केन्द्रीय कार्यालय‬ हो ।” मैले रेलको टीटीलाई सोधेँ– “झापा पुग्न अब कति लाग्छ ?”
“अब १ घन्टा ।”
“त्यत्रो लाग्छ ?” म अतालिएँ ।

छेउमा एउटा कुइरे बसेको थियो । सोधेँ– “कहाँसम्म ?”
उसले भन्यो– “नेपालको पि.आर. पाइएन, आफ्नै देश ‪‎अमेरिका‬ फर्किँदैछु । एकपटक पानीजहाज हेरूँ कि भनेर झापा हिँडेको ।”

अर्काे डिब्बाबाट धार्मिक आवाज आयो, “राधे–राधे भन्ने हामीलाई लाइरा’छ ।“ त्यतै गएँ, ‪‎हिसिलासहित बाबुराम‬ भट्टराई रहेछन् । डाक्टर बोले– “ओलीले उठिबास लाइहाले, कुम्लो कुटुरो बोकेर हरिद्वार हिँडेको । गङ्गाका छेउमा कीर्तन गरेर बस्ने बिचार छ ।”
बीचैमा हिसिला च्याँठ्ठिइन्– “प्रटिगामी टट्वले गरिखान डिएन ।”

झापा पुगियो ।
नेपालले ठाडै हस्तक्षेप गरेर ३ वर्षमा ९ वटा सरकार ढलाइदिएको हुनाले भारत हैरान भएर, नेपाललाई खुशी पार्न आफ्नो “पश्चिम बंगाल” प्रदेश ‪‎उपहारमा‬ दिएको थियो । मन्जुश्रीले चोभारको डाँडो काटेझैँ, ओली बाले हिन्द सम्बत् पचहत्तर सालमा ‪‎समुद्रको पानी झापासम्म‬ ल्याएका थिए ।

नेपाली ‪‎झण्डा‬ “फरररररररर” पार्दै ठुलो ‪‎पानीजहाज‬ छुट्यो । ‪‎जल–यातायात कार्यालय, चन्द्रगढ़ीले जानकारी गरायो– “अवैध रुपमा लुकीछिपी बसोबास गरेका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिकलाई फिर्ता पठाइयो ।”

तिर्खा लाग्यो, ‪‎सार्वजनिक धारामा‬ गएँ । तीनवटा टुटी रहेछन्– पानी, दूध र रक्सीका । ३ गिलाँस रक्सी तन्काएँ । आराम भयो ।

हिँड्न आँटेको थिएँ, पछाडिपट्टि ढाडमा एकजना बूढो मान्छे बोकेका अपरिचितले भने– “बाबू ! यी ३ टा बोतलमा दूध भरिदिनुस् न ! बद्रिकेदार हुँदै अमरनाथधाम सम्म ‪‎तीर्थ‬ जाँदैछु, बाटोमा पिउन हुन्छ । मिलेसम्म उतै कुटिया खोजेर बस्ने विचार छ ! अब नेपालमा बस्न सक्ने स्थिति रहेन ।”
कतै देखे देखे जस्तो, चिने चिने जस्तो लाग्यो तर ठम्याउन सकिन ! सहसा मैले सोधेँ– “शुभ नाम के परो ?”
उनले भने– “म ‪‎कमल थापा‬, मैले बोकेको चाहिँ श्री ५ ‪‎ज्ञानेन्द्र‬ ।”
शुभ यात्रा भन्दै म छुट्टिएँ ।

त्यसपछि, ‪‎झापाबाट केवलकारमा‬ ३० मिनेटको यात्रामा ‪‎ताप्लेजुङ‬ पुगियो । पाथिभरा माताको दर्शन गरियो ! ‪‎अपि, कञ्चनजंघा, अन्नपूर्ण, धौलागिरी, हिमाली, राजमार्ग‬ ! ८ लेनको नागबेली बाटो, सार्वजनिक गाडीमा म रारातालतिर लागेँ । मेरो सिटको छेउमा बसेका जुँगावालाले आफ्नो परिचय दिए– “मने ! म ‪‎प्रचण्ड‬ । ‪‎दस हजार‬ मेगावाटको ‎कर्णाली हाइड्रोपावर उद्घाटन गर्ने ओलीजीको हुकुम छ, सो त्यतै हिँडेको ।”

अर्काेपट्टि हातमा ‪‎फुटेको घैँटो‬ लिएका एक युवा र दुईचार जना बुढाहरू झोक्राउँदै थिए । मैले सोधेपछि युवाले परिचय दिए– “म ‪‎गगन थापा‬ । यिनी ‪‎रामचन्द्र‬, उनी ‪‎शेरबहादुर‬, त्यो चश्मे चाहिँ ‪‎रामशरण‬ महत । काठमाडौंमा चुनावमा उठेको, नराम्ररी हारियो, सबैको धरौटीसमेत जफत भो । विरक्त लागेर मानसरोवर दर्शन गर्न हिँडेको हामी त ।”

अलिपर पुगेपछि ठुलाठुला पाइप लाइन देखिए । गाडी रोकियो, ४ जना निख्खर काला मधेशीहरू चढे । मैले भनेँ– “रामराम भैया, का हाल बा ?”
उनीहरूले हात जोडे– “रामराम हजुर । ओलीजीले देशनिकाला गर्ने भन्नुभो, बल्लबल्ल हाथ जोडेर फकाएपछि पाइपलाइन मर्मत गर्ने काम दिएर यहाँ पहाडमा पठाउनुभो ।
मैले सोधेँ, “यो केको पाइप हो ?”
एउटा बोल्यो– “दैलेखको पेट्रोल चाइना बेच्न लाने पाइप हो हजुर ।”
म बोलेँ– “परिचय पाउँ न !”
सबै पालैपालो बोले– म सीके रावत, म उपेन्द्र यादव, म राजेन्द्र महतो, म महन्थ ठाकुर ।

यत्तिकैमा खलासीले ढोका हान्यो । झल्याँस्स बिउँझेर हेरेँ, सुपरभाइजरले ढोका हानेको रहेछ । डिउटीमै निदाएर सपना देखेको रहेछु । त्यसका बाजेले ५ सय दिराम मुखालिफा (जरिवाना) हानेर गयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x