साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दृष्य, शब्द र स्वरको राज्यमा

Nepal Telecom ad

उसले पूर्णशक्तिका साथ
एउटा पुरानो कर्द
आफ्नू पेटमा जाकिदियो
र मृत्यु प्राप्त गर्यो
अब उसलाई शब्दहरूको, स्वरहरूको
र दृश्यहरूको पीडा खप्नु पर्दैन
उसले यही चाहेको थियो
वर्षौंदेखि उसलाई
शब्दहरूले, स्वरहरूले, दृश्यहरूले
सताइरहेका थिए
त्यसैले ऊ एउटा सुरक्षित कर्द खोजिरहेको थियो
आज बिहान त्यो कर्द पाउनेबित्तिकै
उसले सहर्ष
त्यसको सम्पूर्ण धार
आफ्नू पेटमा जाकिदियो
त्यस बेला
शब्दहरूमा
स्वरहरूमा
र दृश्यहरूमा
ऊ के देखिरहेको थियो
र तीबाट उम्कन
उसले किन कर्द प्रयोग गर्यो
मलाई थाहा छैन
तर म सोचिरहेछु
उसले ती दृश्यहरूमा
आशाको, आनन्दको, दृश्यहरू देख्यो कि देखेन
ती शब्दहरूमा
नरम, कोमल, शीतल, शब्दहरू पायो कि पाएन
ती स्वरहरूमा
प्रेमको, शान्तिको, ह्दयको स्वर सुन्यो कि सुनेन
यदि उसले यी सब
ती दृश्यहरू, शब्दहरू र स्वरहरूबाट पाएको भए
कर्द खोज्ने थिए
दृश्यहरूको, शब्दहरूको, स्वरहरूको राज्यमा
आशाको, आनन्दको
प्रेमको, करुणाको शक्तिशाली वर्ग पनि हुन्छन्
तर कर्दसँगको
उसको अन्तिम सम्बन्ध देख्दा
उसले
दृश्यहरूमा, शब्दहरूमा, स्वरहरूमा
सुन्दरताको, प्रेमको, करुणाको वर्ग
पाएको देखिएन
सायद उसलाई
ती सबै वर्गहरू क्रुर र
कर्द करुणामय लाग्यो होला
आफूलाई
समाप्त गर्ने
वस्तुहरूसँग पनि
मानिसलाई प्रेम हुनसक्ने रहेछ

‘क्रुर सौन्दर्य प्रेम’ कवितासङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x