साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

१.
को को कति सहि छन् खोज हुनुपर्छ
नचाहिने कामको पो बिरोध हुनुपर्छ ।
को हो आफ्नो को पराई छुट्टिसकेपछि
राष्ट्रवादीहरूको एउटै सोच हुनुपर्छ ।

२.
अचम्म मान्छौ किन ? नेताले विकासको कुरा गर्दा
अँध्यारो हटाएर उज्यालो प्रकाशको कुरा गर्दा ।
के हामी दाश हुनु पर्ने हो ? नत्र किन यो बिरोध
स्वाभिमान् जोगाउने अठोट र साहसको कुरा गर्दा ।

३.
गल्ती के गरे सपनाको देश बनाउँछु भन्दा
हिन्द सागरमा आफ्नै जहाज चलाउँछु भन्दा
बैरीहरूलाई छट्पटी सुरु भएको छ साथी
वर्षौंदेखिको एकाधिकार नीति ढलाउछु भन्दा ।

४.
बिगार्न खोज्नेहरूले नै सपारि दिए मलाई
खोलाको बीचमा अलपत्र थिएँ तारिदिए मलाई
मेरा यी काँधहरू बलिया देखेरै होला
यो देश विकास सम्बृद्धिको भारी दिए मलाई ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नयाँ वर्ष त आयो तर नयाँ के आयो ?

नयाँ वर्ष त आयो...

श्रीराम अधिकारी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १६२

बेलाको बोली – १६२

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x