साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मदन भण्डारी प्रतिष्ठानको दीर्घकालिन योजना

Nepal Telecom ad

काठमाडौँ, २० जेठ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले जननेता मदन भण्डारीको वृत्तचित्र, उहाँको साहित्यिक व्यक्तित्व र कृतित्वको बृहत् समालोचना ग्रन्थ प्रकाशन र सङ्ग्रहालय निर्माण गर्ने दीर्घकालीन योजना बनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाको अध्यक्षतामा बसेको बुधबारको बैठकले ६५औँ जन्मजयन्तीका दिन आगामी असार १४ गते उहाँको व्यक्तित्व, कृतित्व सहित नेपाली समाजका विविध विषयका लेखरचना सहितको ‘शार्दूल’ अर्धवार्षिक ग्रन्थ प्रकाशन गर्ने निर्णय पनि गरेको छ । ग्रन्थका सम्पादकमा डा विन्दु शर्मा र यशोदा अधिकारी रहनुहुने छ ।

प्रतिष्ठानको आजको बैठकले यसका दश विभागलाई पूर्णता दिएको छ । सो अनुसार व्यवस्थापन विभागमा देवी घिमिरे, कार्यालय प्रमुखमा डा शर्मा, आर्थिकमा अधिकारी, साहित्यमा अनिल पौडेल, सङ्गीत तथा नृत्यमा अशोक राई, नाट्य–चलचित्रमा देशभक्त खनाल, वैदेशिक सम्पर्कमा डा सुब्बा, ललितकलामा शान्तकुमार राई, समाज विज्ञान तथा अर्थशास्त्रमा डम्बर पहाडी र सञ्चार विभागमा श्याम रिमाल रहनुभएको छ ।

बैठकमा मदन भण्डारी फाउन्डेसनका उपाध्यक्ष गुरुप्रसाद बरालले प्रतिष्ठानले भण्डारीको बहुआयामिक व्यक्तित्व र देनको प्रचारप्रसार गर्न, नयाँ पुस्तालाई भण्डारी र जबजसँग साक्षात्कार गराउन, पूर्वीय दर्शनको प्रगतिशील पक्षलाई प्रज्वलन गर्न, हाम्रा संस्कारमा प्रगतिशील व्यवहार देखाउन र प्रगतिशील सिद्धान्त र व्यवहारका विषय विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा राख्न सुझाव दिनुभयो । फाउन्डेसनका सदस्य देवराज घिमिरेले प्रतिष्ठानप्रति सबै स्रष्टाहरूको आकर्षण बढाउनुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका सल्लाहकार डा कृष्णबहादुर थापा, अध्यक्ष डा सुब्बा र महासचिव डा देवी नेपालले प्रतिष्ठानले मदन भण्डारी र बालबालिका, युवा, ज्येष्ठ नागरिकसम्बन्धी विविध कार्यक्रम वर्षभरि नै सञ्चालन गर्ने जानकारी दिनुभयो । प्रतिष्ठान फाउन्डेसन अन्तर्गतको संस्था हो जसको जन्म विसं २०६७ माघ २२ मा भएको हो ।
–रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x