भूगोलमै दुई महिना
एउटा तोरीलाहुरेले २, ४ वर्ष विदेश भ्रमण गर्ने अवसर पाएछ । विदेश भ्रमण सकेर गाउँ फर्केको तोरीलाहुरेले एकदिन साथीलाई विदेश भ्रमणको फेहरिस्तसहित सम्पूर्ण बेलिविस्तार सुनाउँदै भनेछ– “हेर साथी मैले दुई, चार वर्षमा नघुमेको देश सायदै मात्र होला, जुनसुकै देशमा पनि म घटीमा एक महिनासम्म बसेर घुमेको छु । त्यहाँको सम्पूर्ण वस्तुस्थितिसँग म परिचित छु । अमेरिकामा म तीन महिना बसेँ । जापानमा छ महिना बसेँ । जर्मनी, रसिया, फ्रान्स चीन, अफ्रिका, स्पेन, आदि सबै ठाउँको भ्रमण गरेँ । यसले गर्दा मैले विश्वको बारेमा झन् बढी जान्ने मौका पाएँ बुझ्यौ ?”
“ओहो त्यसो भए त भूगोलका बारेमा तिमीलाई झन बढी ज्ञान होला हैन ?” साथीले सोधेछ ।
उसले जबाफ दियो– “किन नहुनु नि ! मैले त्यो भूगोलमा त झन् दुई महिना बिताएको छु बुझ्यौ ?”
— कुप्रदा, सुरूङ्गा, झापा