साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संगीतमय काव्य शृङ्खला

Nepal Telecom ad

गोङ्गबु साहित्य समाजको २० औ काव्य शृङ्खलामा बरिष्ठ चलचित्र निर्देशक गीतकार यादब खरेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।{{read_more}} चर्चित गायक शिशिर योगी  height=र गायक लालकाजी श्रेष्ठले सुमधुर गीत गाएर उपस्थित कविहरूलाई मन्त्रमुग्ध पार्नु भएको थियो । कार्यक्रम विशेष गरेर संगीतमय बनेको थियो । 

कवि गायक जसध्वज गुरूङ, भुवन शिवाकोटी, भाग्यशाली अधिकारी, जानुका थापा, बेनिबहादुर थापा, बिमला अधिकारी, द्वारिका कुइकेलले पनि गीत गाउनु भएको थियो । कार्यक्रमको शुरूवात गजलकार राजेश खोटाङ्गे गजल वाचन गरेर गर्नु भएको थियो । कविहरू गंगा आचार्य, तिलकप्रसाद लुइटेल, कृष्ण मुरारी गौतम, ज्ञानु अधिकारी, हिमाकुमारी पोख्रेल, ज्ञानदारी कैने, गीता खनाल, खेम खड्का, शारदा ढकाल, डा. सत्यराज थपलिया, उत्तम बिचार, प्रशान्त डंगोल, दामोदर ढकाल ‘दिप’, कृष्णबहादुर केसी, जसिन्द्र श्रीपाली, टंकबहादुर खत्री, उमेश पाण्डे, डा. शैलेन्दुप्रकाश नेपाल, तारा केसी, देबकी ढुङ्गाना, दुर्गा ढुङ्गाना, लीला डंगोल, सानू शर्मा, लक्ष्मी बस्नेत, वसन्तबहादुर खत्री, केदारनाथ पाठक, सीता बिष्ट कार्की, मदनराज थापा लगायत ७० जना कवि कवियत्रीहरूले आआफ्ना रचना सुनाउनु भएको थियो । 

संस्थाकी अध्यक्ष द्वारिका कुइकेलको सभापतित्व गर्नु भएको थियो भने संस्थाकी उपाध्यक्ष सीता बिष्ट कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो । संस्थाकी सचिव तारा केसीले अतिथिहरूलाई माल्यार्पण गरि स्वागत गर्नुभएको थियो । कार्यक्रम कवि कृष्णदेव रिमालले संचालन गर्नु भएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x