कोमल भट्टआस गर्छ

सधैँ देशले शानको आस गर्छ
प्रतिष्ठा र सम्मानको आस गर्छ {{read_more}}
भएकोछ खोक्रो र सर्वाङ्ग नाङ्गो
लगातार उत्थानको आस गर्छ
लुटाए लुटे बेसरी दुर्मनाले
अधोबुद्धिमा ज्ञानको आस गर्छ
सताएर माता बने ठालु धेरै
गुणी,योग्य सन्तानको आस गर्छ
छ व्यापार कालो तथा सोच कालो
दुरुत्साह पेलानको आस गर्छ
भयो कष्ट सीधा तथा सन्तलाई
सुसद्भाव,ठेगानको आस गर्छ
प्रजातन्त्रमा वृद्धि भो दम्भ मात्रै
अहम्ता समाधानको आस गर्छ
दुख्यो जन्मिँदा कंस वा धुन्धुकारी
दुराचार बैठानको आस गर्छ
बने पौरखी बन्छ यो देश पक्कै
सबैमा दिलोज्यानको आस गर्छ
खुदै रुन्छ रोजै रुँदा देशवासी
त्रयी कोटि मुस्कानको आस गर्छ
बढ्यो द्वन्द्व संसारमा मूर्खताले
हओस् जन्म विद्वानको आस गर्छ
पुरानो नैकाप–१३, काठमाडौँ
हाल : न्युयोर्क
Subscribe
Login
0 Comments
Oldest





































