साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नारायणहिटी

Nepal Telecom ad

सुनशान बगैंचा बसेर उङिराछ 
बकुला भगतमा एक टक {{read_more}}
सिंहदरबारतिर हेरेर झुङिराछ 
त्यो सत्ता त्यो शासन
त्यो रौनकता त्यो भब्य आशन
बिगतलाई सम्झेर बरबराउँछ 
बर्तमानमा बिउँझिदा घरबराउँछ 
निरस पोखरीमा उभिएर उङिराछ 
सिंहदरबार तिर हेर्दै झुङिराछ ।  

त्यो समय त्यो शक्ति
जनताको त्यो जयजयकार त्यो भक्ति
सम्झेर घुटुघुटु थुक निल्छ 
मिठो त्यो कल्पना त्यो 
छिनमै शितको थोपाझै बिल्छ 
कराउँदै कहिले यता कहिले उता हिल्छ 
मानौ उसलाई घरीघरी बारुलाले चिल्छ 
सिंहदरबारको शक्तिलाई फर्काउन अनेक सोच्छ 
जनतालाई भट्काउन पनि खोज्छ 
सिंहदरबारलाई अनेक आरोप पनि लाउँछ 
उसको बिरोधमा पैसोको खोलो पनि बगाउँछ
तर सफलता हात नपरेपछि 
एक्लै एक्लै गमेर उङिराछ 
सिंहदरबार हेर्दै अजिङ्गर जस्तै झुङिराछ ।

आफ्नो अस्तित्वजोगाउन नारायणहिटी 
पहाड चढ्छ तराई झर्छ
कहिले मेची गर्छ कहिले काली गर्छ 
किनभने उसलाई 
आफ्नो इतिहास मेटिने डर छ 
सिंहदरबारलाई जिस्काउँछ 
जनतलाई उक्साउँछ
तर कसैले साथ नदिएपछि 
आफ्नै छाती चस्काउँछ
उसलाई भेट्न अब त्यहाँ
न सचिव आउँछन् मन्त्री आउँछन् 
न राजदूत न प्रधानमन्त्री आउँछन् 
अझै लाग्दैन उसलाई 
उसको शक्ति सिंहदरबार सर्या छ 
त्यसैले बेला बेला नारायणहिटी 
सिंह जस्तै गर्जिने गर्या छ ।  

नारायणहिटी
तिम्रो बारे यहाँ अनेक हल्ला छ 
तर तिमीलाई मेरो एउटा सल्लाह छ 
अब तिमी इतिहासलाई सजाएर बस्न जान
तिमीलाई हेर्न आउने जनतालाई 
स्वागत गर्दै हाँस्न जान ।

दाङ, हाल : काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x