साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खायो मकै भालुले

Nepal Telecom ad

मेरो देश विदेश जान्छ जननी टिप्दै अनेकौं भिसा height=
तारा जून उता बले झिलिमिली, मेरो धरामा निशा {{read_more}}
उम्दा स्वप्न कला गला सुनहला ताक्छन् ठुलाठालुले
धर्ती कोर्दछ कालुले, लुकिलुकी खायो मकै भालुले
।१।
मेरो देश चुहेर जान्छ शिरको चाँदी लिई पिल्पिल
हीरा स्वर्ण उता फले, बगर झैँ बाँझो छ मेरो दिल
सम्झौता र समस्त सन्धि सपना कोर्छन् ठुलाठालुले
डल्ला फोर्दछ कालुले, लुकिलुकी खायो मकै भालुले
।२।
मेरो देश उडी रहन्छ जगको रक्षार्थ आकाशमा 
रक्षा स्तम्भ उता सरे, रहिरह्यो मेरो धरा त्रासमा
कुर्सीयुद्ध गरेर रम्य रमिता हेर्छन् ठुलाठालुले
आली खन्दछ कालुले, लुकिलुकी खायो मकै भालुले
।३।
मेरो देश विदेशको भ्रमणमा गै मुग्ध मौरी हुँदो
हाँसे ओठ उता हरे!,गह पुछी मेरो छ रारा रुँदो
खोसे दूर लगे तमाम सुरिलो हाँसो ठुलाठालुले
ठेला छाम्दछ कालुले, लुकिलुकी खायो मकै भालुले
।४।
मेरो देश लिएर रोग पर गो पैसा बिटामा उडी
माटो बिक्छ उता, परन्तु हरियो सुक्दैछ मेरो बुटी 
मेरो पावन मृत्तिका छल गरी कुल्चे ठुलाठालुले 
खेती गर्दछ कालुले, लुकिलुकि खायो मकै भालुले 
।५।

पञ्चेश्वर-६, बिजुल,बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x