साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ राइफलका छ ठोकान

Nepal Telecom ad

आर. आर. चौलागाईं :

खै, राजतन्त्र गएर पनि के लछारपाटो लाग्यो र !
खै, गणतन्त्र आएर पनि के लछारपाटो लाग्यो र !
देश अँध्यारो छ, जनजीविका पनि डाँवाडोल र तहसनहस छ
खै, चुनाव भएर पनि के लछारपाटो लाग्यो र !

हेटौडा

………

धर्म तिवारी :

घोच्छन् अचेल सियो बनी निर्जीव यी तस्विर पनि
न फेरिन्छ जिन्दगी यो न बदलिन्छन् तकदिर पनि
रामहरू रावण बन्छन् आजभोलि लङ्का पुग्दा,
रगताम्मे हुन्छन् मन्दिर उस्तै देख्छु मस्जिद पनि ।

भोजपुर

………

विमल गिरी :

जिब्रो लटपटाउँदै रुन्छन् भन्ने सुनेको छु
मातेपछि नराम्रो सुन्छन् भन्ने सुनेको छु
मदिरा र मस्तीको म बबुरोलाई के थाहा
सुरामा सुन्दरीहरू हुन्छन् भन्ने सुनेको छु ।

………

श्याम रिमाल :

‘यो देश बन्दैन’ भनी कति बकबक गर्नु ?
श्रम चोरी अर्कालाई कति धारेहात लगाउनु ??
कुरा अर्काको नकाटिदिए मात्र देश बन्छ यो छिटो
डोकामा अर्ती दिई आफू कति तिलसँग जोखाउनु ???

नुवाकोट

………

रमेश बिष्ट :

देश वदल्न त विचारको तरवार चाहिन्छ
जनता रिजाउन गतिलो सरकार चाहिन्छ
परनिर्भर छुचुन्द्राहरूको रजाई कति सहनु
खवरदार भन्नु नपरोस् ! पुरानै दरवार चाहिन्छ ।

काठमाडौं

………

मनोज लामिछाने :

छोट्टिँदै गएको
स्त्री–बस्त्र पहिरन बजार
पातलो र कसिलो हुँदै गा’छ
तल छोपे माथि खाली
माथि छोपे तल अचाक्ली
घरिघरि तान्दै छोप्नुपर्ने भा’छ ।

गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x