राजेश मानन्धर (राजमान)उदासका दुई ठोक्तक
तस्वीर पठाऊ भन्छे
मै हुँ तिम्रो मनमैया अन्त नजर नलाऊ भन्छे
गाडीमा छु भन्दा पनि लौ त हर्न बजाऊ भन्छे
पलपलको नालिबेली दिनु पर्छ मैले उनलाई
भोजमा छु भन्दा नि झट्टै तस्वीर पठाऊ भन्छे ।
सबैलाई ठोक्छु भन्छ
हृदयमा गौतम बुद्ध, शिरमा नेपाल बोक्छु भन्छ
सङ्कट आउन दिन्न देशमा बिपतहरू रोक्छु भन्छ
मेरो गर्व अस्मितामा, कोही धावा बोल्छ भने
ज्यानको बाजी लगाएर ती सबैलाई ठोक्छु भन्छ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































