साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दल–दलमा दल

Nepal Telecom ad

क्याम्पस पढ्न गएको छोरो अबेरसम्म घर फर्केन । श्रीमती भान्साबाट चिच्र्याई– लौन ए बुढा, छोरो अहिलेसम्म घर फर्केन– दलमा सोधपुछ गरन । छोरीको रिजल्ट बिग्रेछ– दलमा कुरो राखे केही हुनतो कि । छिमेकीले मसँग गुहार गर्छ– हिजो साँझ हाम्रो टोलमा बत्ती आएन । धारामा पानीको थोपो झरेन । मोबाइलको टावर हरायो । आदि–आदि र इत्यादि । हिजोआज जता जाउँ दलको महिमागान जो चलेको छ । त्यसैको बजार भाउ छ । घरमा दल छ, ससुरालमा दल छ, खेलमा दल छ, बाटोमा दल छ, अफिसमा दल छ, स्कुलमा दल छ, भेटमा दल छ, गेटमा दल छ, बजारमा दल छ, नजरमा दल छ, दल नै चारमुखे ब्रम्हाजी हुन् । दल नै जिसस क्राइस्ट हुन् । दल नै अल्लाह हुन, दल नै बुद्ध हुन आदि जे भन्नोस् ती सब दल नै हुन् दल नै माता दल नै पिता, दल नै हताकर्ता दल नै पालन कर्ता । दल नै घाम, दल नै जुन, दल नै धर्ती, दल नै आकाश, दल नै हावा, दल नै पानी, हुँदा–हुर्दा दल नै ढल, दल नै नल, दल नै खेल, दल नै जेल, दल नै फिलिम, दल नै चिलिम, दल नै रोटी, दल नै धोती, दल नै देश, दल नै भेष, दल नै कला, दल नै गला, दल नै संस्कृति, दल नै विकृती, दल नै रक्षक, दल नै भक्षक, दल नै पोष्ट, दल नै टोष्ट, दल नै दल मेरी आर्मा ! यहाँ सबका सब दल–कोही काला दल, कोही सेता दल, कोही होचा दल, कोही अर्ला दल, कोही भेटी दल, कोही केटी दल, कोही कपटी दल, गोही गोटी दल, कोही मोटी दल, कोही मोती दल, कोही कोठी दल, कोही प्रेम दल, कोही भ्रम दल, कोही लुट दल, कोही कुट दल, कोही फुट दल, कोही टाइसुट दल, कोही झर्डा दल, कोही डर्डा दल, कोही पर्डा दल, कोही नेता दल, कोही अभिनेता दल, कोही फेटा दल, कोही भाषा दल, कोही खासा दल, कोही पैसा दल, कोही ऐसा दल, कोही आँखा दल, कोही भाका दल, कोही अंग दल, कोही सर्वाङ्ग दल, कोही मोही दल, कोही छोईदल, कोही जोईपोई दल, कोही भुस दल, कोही घुस दल आदि–इर्यादि दलमा जो छन् तिन्को जय छ जो छैनन् ती बबुरा अभागीको जीवन नै पराजय छ वाह ! दल, क्या ! दल । 
सोच्नुस् दलमा हुनुका फाईदा–बेफाइदा बारे । के तपाईँ दलमा हुनुहुनछ भने मान्छे कुट्नुस् या लुट्नुस्, देश धुत्नुस्, या जाँड खाएर दिउँसै बाटोमा मुत्नुस्, या सर्वाङ्ग सुत्नुस् फरक के पर्छ? केही पर्दैन । के तपाईँ कुनै अमुक दलको मान्छे हुनुहुन्छ ? मनपरी आइमाईको अस्मिता लुट्नुस् तपाईँलाई पञ्चखत माफी छ । तपाईँका नेताको इशारै काफी छ । विचरा चौकीको पुलिसको हाकिम तपाईँलाई दुई हात जोडेर नमस्कार गर्छ । मान्छे चिनिएनछ हजुर रिसानी माफ होस् गल्ति भो भन्छ । जवानलाई गालीको थप्पड हान्छ र घरसम्मै तपाईँलाई पु¥याउन आपैm जान्छ । वाह ! दल, क्या ! दल ।
भन्सार छल्नुस् या देशलाई दल्नुस् । मरे बुढीको छोरा बाँचे मेरो पोइ, साला देश भड्खारोमा परोस् या छिमेकीले हरोस् आफ्नो स्वार्थ नमरोस् । डुबुन् दुनियाँ सारा तर आपूm डुब्नु नपरोस् । के तपाईँ ऋणमा हुनुहुन्छ ? एउटा दलको फेटा निधारमा बाँध्नुस् र मुठी उचालेर अमूक दल जिन्दावाद भन्नुस् बस्नुस् कुन बुढी बाख्रीको नातिको हिम्मत तपाईँको सामु उभिएर आफ्नो पैसा फिर्ता माग्ने ? वाह ! दल, क्या ा! दल । यदि तपाईँ सरूवा, बढुवा हुनुछ दलको सदस्य बन्नुस् । कहाँ जानुपर्ने हो त्यहाँ पुग्नुस् । यदि तपाईँलाई ठेक्का पर्दा हात पार्नुछ दलको सदस्य बन्नुस् । टेण्डर हात पार्नस् । यदि तपाईँलाई जागिर खानु छ या कालो धन्दा गर्नुछ । तस्करी या बेइमानी गर्नु छ । यदि तपाईँलाई आफ्नो गाउँमा आउने गाउँ विकासको अनुदान रकम आपूmखुसी बाँड्नु छ– अमूक दलको सदस्य बन्नुस् । कुरो बनेन भने नेतालाई भन्नुस् बस हेर्दा–हेर्दै तपाईँ सबको नेता बन्नु हुन्छ जुम्लाहातको नमस्कार कति खानुहुन्छ । वाह ! दल, क्या ! दल ।
छिमेकीसँग आँठासाँधामा झगडा प¥यो या पर्मपालो, गोठालोमा, ठेक्कापट्टामा घाटा लाग्यो या व्यापार ब्यावसायमा धन्दा नमान्नुस् तपाईँलाई साथ दिने दल छ बरू दलमा छिर्नु अघि सोच्नुस् कुन दल उत्तम हुन्छ त्यही दलमा पस्नुस् तर सधैँ अडिएर एउटै दलमा नबस्नुस् । अफ्रिकन छेपाराले जस्तो रङ बदल्नुस् । ताक परे तिवारी नत्र गोतामे जो छ मन्त्र सधैँ जप्नुस् । सकेसम्म सरकारी दलमा पस्नुस् नसके लाठा, भाला, खुकुरीवाला मारकाट दलमा बस्नुस् । त्यो पनि नभए आफ्नो जातिको जातिवादी दलमा छिर्नुस् पख्लास्, देख्लास र चाख्लास् भन्नुस् । या छिमेकीको लगानी रहेको बहुराष्ट्रिय पार्टीमा पस्नुस् बाटोमा निस्कनुस् लाठा भाला नचाउनुस् नेपालमा बस्नुस् नेपालकै रासन खानुृस् तर गीत चैँ ‘हमरा भारत महान् है, जय हिन्द’ भन्न लाज नमान्नुस् हेर्दा–हेर्दै तपाईँ यो देशको महान् नेता बन्नुहुनेछ वाह ! दल, क्या ! दल ।
यदि तपाईँलाई कुन चैँ दलमा प्रवेश गर्न दुविधा भयो भने विज्ञापन गर्नुस् पत्र–पत्रिका या एफ.एम. रेडियोहरूमा या भित्तामा पोस्टर बनाएर टाँस्नुस् यसरी विज्ञापन गर्दा आफ्नो तीनपुस्ते खुलाउनुस् सकेसम्मका बाउबाजेले र आपूmले गरेका कु–कर्र्मको फेहरिस्त दुरूस्त राख्नुस् राम्रा कुरा छन भने नदेखाउनुस् नराम्रा जत्ति छन् खुलेर पिंmजाउनुस् किन कि तपाईँले चाहेको पार्टी प्रवेशको वाञ्छनिय योग्यतामा तपाईँ चोर, लुटेरो, ढटेरो, लफङ्गो, घुस्याहा, भुस्याहा, बलात्कारी, ज्यानमारा, देशमारा, ऋण दिने साहुमारा आदि–आदि हुनु अनिवार्य छ । यसैले च्याउ झैँ खुलेका समाचार पत्र या एफ.एम. मा झ्याउ नमानी विज्ञापन दिनुहोस् र नेता बन्ने सुनौलो मौका नगुमाउनुहोस् । वाह ! दल, क्या ! दल । जय नेता ! जय दल !
नारायणस्थान, बागलुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x