साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोक्टा खान गएको बूढो…

Nepal Telecom ad

मलाई थाहा छ यो शीर्षक देख्नासाथ लोकसाहित्यका अध्येताहरूले झापट हान्नेछन् गालामा । म उनीहरूसित भूमिगत पो हुनुपर्ने हो कि ! किनभने मैले इकारलाई ओकार बनाएर यो उखान नै बिगारिदिएको छु । हुनुपर्ने त “चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी” नै हो । पक्कै पनि यो देशमा महिलाभन्दा लोकसाहित्यका अध्येताहरू कमै हुनुपर्छ । महिलाहरूको जुलुशको मुक्का खानुभन्दा त लोकसहित्य प्रेमीहरूको झापट नै ठीक । महिलालाई हेपेर बनाइएको हो यो । त्यो जमानामा आइमाईलाई कसले मासु खान दिने ? अहिले त बिरलै पाउँछन् विचरा । 

एकातिर महिला अधिकारको सङ्घर्ष चलेको बेला महिलालाई होच्याउने गरी बनाइएका कानुन बदर गर्ने लहर चलेको छ, अर्कोतिर नयाँ नेपाल बनाउने होड बाजी । यसो सोचे हैन नयाँ नेपाल बनाउने त भन्छन् तर कुसंस्कार भने बदल्न चाहन्न । के यसरी नै नयाँ नेपाल बन्छ ? पक्कै पनि बन्दैन । घर, मोटर सडकजस्ता भौतिक वस्तु नयाँ बनाउँदैमा नेपाल नयाँ हुँदैन । श्रमजीवीहरूले नयाँ तवरले श्रम गर्ने सिक्नु प¥यो । कलमजीवीले नयाँ तरीकाले कलम चलाउनु प¥यो । सत्तावालाले भत्ता मात्र खाने हो भने नयाँ नेपाल हैन नयाँ कपाल बन्ला ।
के गर्ने त पुरानै उखानलाई रट्दै आएर नयाँ नेपाल हुँदैन । त्यसैले उखान पनि समयसापेक्ष नयाँ बनाऊँ भनेर हिम्मत गरेको हुँ । मेरो यो नयाँ नेपाल बनाउने अभियानमा तपाइँले पनि साथ दिनोस् ल । भाषामा पनि नयाँपन दिनुप¥यो नि त । बरु लोकसाहित्यप्रेमीहरूले डण्डा लिएर लखेटे भने म पनि महिलाहरूको जुलुसमा मिसिन्छु तर उखान भने बुढी नभएर बुढो नै बनाउनुपर्छ है ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x