साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरको पुच्छर बाङ्गाको बाङ्गै

Nepal Telecom ad

सारै हेरचाह गरेर पुस्तौँपुस्तादेखि हामीकहाँ कुकुर पाल्ने चलन छ । बहुलाएन भने कुकुरले फाइदै पनि गर्छ । बहुलायो भने त त्योभन्दा खतरनाक अरु जातै हुन्न । हामी कहाँ पालिएको त्यो कुकुर पनि बौलायो । दुर्भाग्यवश त्यसलाई मार्नै पर्ने अवस्था भयो । के गर्नु मलाई त मार्ने मन थिएन । विचरो हुन पनि विश्वमै भिन्नखालको थियो । यहाँ पालिएका त्यसका सबै वंश अरु मरेर हो, नत्र त्यो वंश नाशै गरेर संसारबाटै लोप हुने स्थितिमा पु¥याउनु हुँदैनथ्यो । के गर्ने अब खिचिएका तस्विरमा मात्र रहने भो मोरो !
हुन पनि बिछट्टै राम्रो क्या ! अरूभन्दा निकै भिन्न । त्यसको त पुच्छर पनि टाउकोमै पलाएको । टाउकोमा पलाए पनि बाङ्गो भने अरु सामान्य कुकुरको सरहनै थियो । टाउकोमा पुच्छर भएकाले नै अनौठो भयो त्यो । सयौँ वर्षसम्म पनि त्यो बाङ्गै रह्यो । भएभरको मासु उसैलाई चाहिँने । भएन भनेर अरु कुकुरलाई त हाड चुस्न पनि नदिने, अरू भोटे कुकुरहरू मिलेर भुकेपछि हाडसम्म चुस्न दिएको थियो, हाड मात्रै चुसेर त को अघाउँछ र मासु पनि चाहियो भनेर फेरि भुस्याहा कुकुरसमेत मिलेर भुके ।
कुकुरको पुच्छर सधैँ बाङ्गो देख्छु म । बाह्र वर्ष ढुङ्ग्रामा राखेर सोझ्याउने प्रयास पनि गरिएकै हो तर सोझिएन । टाउकोमा पुच्छर भएको त्यो अनौठो कुकुरको पुच्छर त अब भाँचियो तर यी भुस्याहा र भोटेकुकुरको पुच्छर कहिले सोझिने हो । हाड, मासु, छाला सबै लतारे पनि अझै भकुरिन छोड्दैन बा ! हैन अब त तपाइँ हामी मिलेर प्रत्येकका पुच्छरमा एक एक ओटा ढुङ्ग्रा घुसारिदिनु प¥यो क्या ! नत्र पुच्छर बाङ्गै रहने भो सधैँ ।
बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x