साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर

Nepal Telecom ad

कीर्तिपुरको छात्रावासमा बसेको बेला गफ चुट्ने काममा एकजना मित्रले भनेको याद आयो– अरू भए यो काठमाडौँमा त गजब हँुदो रहेछ नि । ‘कस्तो गजब होला ?’ मैले उत्सुकतापूर्वक सोधेँ । यही उपत्याकाभित्रै जन्मेर पनि कीर्तिपुर नदेखेका मान्छे छन् र भक्तपुरका नेवार कीर्तिपुर नआएका र कीर्तिपुरका नेवार भक्तपुर नगएका कति छन कति । हामी बाहिरबाट आएर गल्ली गल्ली चहारेका छौँ । यस्तो कुरा सुन्दा अचम्म नलाग्ने कुरै भएन । हो होइन त्यो भने उनैलाई सोध्नु पर्छ । तर ठाउँ नचिनेर सोध्नेहरू भने धेरै हुन्छन् । 
एक दिन मलाई नै सोध्यो एउटाले– हजुर ठिमी जाने बाटो यही होला ? ‘तन्ना ब्लाङ्केट खोल किन्नुस् हजुर, सस्तो सस्तो’ भन्दै ठूलो कुम्लोमा कपडा बेच्न हिँड्नेहरू हाम्रो गाउँघरतिर बेलाबखत आउने गर्छन् । शहरतिर त बाक्लै पसलहरू हुनाले त्यसरी बेच्न हिँड्दैनन् होला भन्ठानेको थिएँ तर ती मान्छेहरू सहरतिर पनि त्यसरी हिँड्दा रहेछन जस्तो लाग्यो । बाटो बताइ दिनुभन्दा पहिले मलाई एउटा तन्नाको साह्रै खाँचो भएकाले किनीमाग्ने विचारले सोधेँ– तिमी जाने बाटो त यही नै हो तर मलाई एउटा तन्ना चाहिएको छ । कुम्लो फुकाएर हेरौँ न । अनि त्यसपछि जानु होला ।
टाउकोमा राखेको कुम्लो बिसाउँदै ऊ मसित झाँेक्कियो– ‘मलाई के कपडा बेच्ने बेपारी ठान्नुभएको ? चिन्नु भएको छ म को हो ?’ मलाई पनि झाँेक चल्यो र भनेँ– ‘निधारमा लेखेको छ र चिन्नु ? भन्नुस् न त को हो तपाईं त्यत्रो ठूलो कुम्लो बोकेर हिँडेको देखेपछि पक्कै कपडा बेच्ने भैया हुनुपर्छ भन्ने लागेर पो मागेको । तिमी पनि थाहै नभएको मान्छे पक्कै ठूलो (भिआइपी) त होइन होला नि । को हो तपाईं ?’ कुम्लो पछार्दा त घम्साघम्सी पो पर्छ जस्तो लागेको थियो तर त्यसो भएन । खल्तीबाट परिचयपत्र निकालेर दिँदै भन्यो– ‘भिआइपी सिआइडी । आफै छुट्याउनुस् अब ।’ हेरेँ लेखेको थियो– माननीय संविधान सभा सदस्य श्री सनकबहादुर सम्बाहाम्फे ।
‘ए उसो भए तपाईं नक्कली सभासद पो हो ?’ ऊ फेरि च्याँठियो– ‘पढ भन्नै लाज लागेर कार्ड देखाएको छु । त्यस्तो इज्जत नभएको पदको लागि किन नक्कली परिचयपत्र बनाउनु ?’ मैले भनेँ– ‘तपाईंलाई त संविधान लेख्न भनेर जनताले चुनी पठाएका होइनन् र ? फेरि यत्रो ठूलो कुम्लो बोकेर ठिमीको बाटो लाग्दै हुनुहुन्छ । उतै बानेश्वरमा बसेर खुरु खुरु संविधान बनाउन पर्दैन ? काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ? कतिजना विदेश भम्रण, कतिजना गोष्ठी उदघाटन, तपाईं चाहिँ यही ब्यापारतिर । गजब छ बा, सभासदको त गाडी सुविधा पनि त हुन्छ । साँच्चै तपाईं डुब्लिकेट सभासद नै हुनुपर्छ ।’
मेरो कुरा बिचमै काटेर उ बोल्नथाल्यो– ‘यो काठमाडौँको बासिन्दा नै होइन क्यारे तपाईं । कति लामो जाम हुन्छ यहाँ थाहा छ तपाईंलाई । गाडी भन्दा पैदल नै छिटो पुगिन्छ । बानेश्वरदेखि कोटेश्वर सम्मको जाम देख्नु भएन ? को बसिरहन्छ गाडी कुरेर अरू साथीहरू गइसके भन्नोस् न ठिमी जाने बाटो यो हो, होइन हो सभासदज्यू हो अनि यो कुम्लो किन बोक्नुभएको नि ? के छ त यसभित्र, अरे तपाईं सबै निदिखुदी पार्नुहुन्छ । लौ हेर्न‘होस् आफैँ । ऊ फटाफट कुम्लो फुकाउन थाल्छ । थुप्रै ठेलीहरू छिरलिन्छन् बाटो छेउमा विभिन्न समिति उपसमितिले तयार गरेका संविधानका मस्यौदाहरू । उसले भन्छ पत्याउनु भो, अब बानेश्वरमा संविधान बन्दैन त्यसैले ठिमी जान लागेको, काम छोडेको हैन उतै गएर गर्ने रे ।
बम्घा ८ गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x