साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाउको न लय हुन्छ न छन्द हुन्छ

सत्ताको नशा भूत चढेजस्तै चढ्छ, छोड्दैन मृत्युपर्यन्त कतै धृतराष्ट्र जन्मान्ध हुन्छ, दूर्योधन सत्तामदान्ध हुन्छ ।

Nepal Telecom ad

“बाह्र वर्षमा उनिउँ फुल्यो खै .. के जातिको गन्ध” हुन्छ
हत्यारा, अपराधी छुटेपछि, तिनकै बोलबाला बुलन्द हुन्छ ।

आम माफी आगो लाउनेलाई, ज्यानमारा र लुटेरालाई
अपराधी छुट्नुको अर्थ न्यायप्रणाली नजरबन्द हुन्छ ।

भेडाको सिकार गर्नु हो ब्वाँसाको उद्देश्य जहिले पनि
दाउ छोप्नु मुख्य हो, दाउको न लय हुन्छ न छन्द हुन्छ ।

गम्भीर अवस्था हुँदा सधैं गस्ती गर्छन् उताका शकुुनीहरूले
यताका गिद्ध चाकडीको होडबाजीमा हुुन्छन्, राष्ट्रवाद मन्द हुुन्छ ।

कृष्ण बोधो भएपछि भीमसेनको आफ्नै चातुर्य नभएपछि
उद्दण्ड शिशुपाल हुन्छ, कंस हुन्छ, विजेता जरासन्ध हुन्छ ।

सत्ताको नशा भूत चढेजस्तै चढ्छ, छोड्दैन मृत्युपर्यन्त
कतै धृतराष्ट्र जन्मान्ध हुन्छ, दूर्योधन सत्तामदान्ध हुन्छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x