साइबर अपराध सम्बन्धी सचेतना सामग्री

द्वन्द्व जन्मिन्छ महलबाट

दोष दिन्छन् मान्छे आजको युग र समयलाई किन ? सायद आफूलाई बचाउँन हुनुपर्छ कपट र छलबाट ।

Nepal Telecom ad

उम्कन चाहँदैन झिंगो फोहोरको दलदलबाट
मह बन्छ फूलको रसबाट बन्दैन त्यो फलबाट ।१।

कति फरक छ सोच्नुस् त खहरे र महासागरमा
व्यक्तित्व झल्किन्छ दुबैको गहिराई र हलचलबाट ।२।

तारा मण्डल छानो भए नि अन्न एक मानो भए नि
खुशी जन्मिन्छ झुपडीमा द्वन्द्व जन्मिन्छ महलबाट ।३।

कहिल्यै गुनासो गर्दैन चरी भरोसा राख्छ पखेटामा
भोक प्यास मेट्ने गर्छ रूखको टोड्काको जलबाट ।४।

दोष दिन्छन् मान्छे आजको युग र समयलाई किन ?
सायद आफूलाई बचाउँन हुनुपर्छ कपट र छलबाट ।५।

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x