साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोकान

विकासको बाढी आउने कुरा थियो गाउँसहर जताततै उतै अल्मलियो सायद, यता त केवल ऋण थपियो, कर थपियो ।

Nepal Telecom ad

डा. ऋषि बस्ताकोटी

१. बगलीमा छुरा

पक्रिएको सुन हेर्दा तामा भएपछि
समातेका अपराधी ‘मामा’ भएपछि
न्याय अनि समृद्धिको बाटो कहाँ भेट्नु
बगलीमा छुरा, मुखमा राम भएपछि ।

२. गन्तव्य

आजभोलि प्रभुहरूको मन्तव्य फेरिएको छ
परिभाषामा अब सभ्य-असभ्य फेरिएको छ
उहाँहरूकै विश्वास गरिगरी पछि लागियो
पुग्ने कहाँ, जब अगुवाकै गन्तव्य फेरिएको छ ।

३. दरबारै सानुभो

स्वकीयको सुविधा पनि आफैँ लानुभो
सरकारी तेल पनि मिलाइवरी खानुभो
हिजोका छाप्रा कटेरा नसम्झाऊ भो
आज त दरबारै उहाँलाई सानुभो ।

४. अग्रगामी छलाङ्ग

सुन देखिए, सराब सँगसँगै सारी देखिए
महिनादिनसम्म घरि वारि घरि पारि देखिए
संस्कृतिको नाममा अग्रगामी छलाङ्ग होला शायद
विकृतिको अग्रमोर्चामा ’सुशिक्षित’ नारी देखिए ।

५. थपियो

समृद्धिका कथाले के भो खै, मात्र दुनियाँका रहर थपियो
सुविधामा आफ्नै लागि भनेर गाडी थपियो, घर थपियो
विकासको बाढी आउने कुरा थियो गाउँसहर जताततै
उतै अल्मलियो सायद, यता त केवल ऋण थपियो, कर थपियो ।

०००
‘विसङ्गत बस्ती’ (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
बेलाकाे बाेली- १६८

बेलाकाे बाेली- १६८

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x