साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्जन / सज्जन

पस्केको कविता कवि रहरले उत्कृष्ट आधारमा खोजेको बुझ देखियो अधमले स्वार्थी छ आचारमा कोही छैन मपाइँ गर्न बलियो सोच्ने भयो दुर्जन राम्रा मानिस छन् सबै भुवनमा देख्छन् सफा सज्जन ।

Nepal Telecom ad

चन्द्रमणि अधिकारी :

१.
व्यर्थै धाक जमाउँछन् कपटका जो मूर्खले बैगुनी
टिप्छन् सज्जनले उनैसित कुरा मानेर धेरै गुनी
सिक्छन् सज्जनले कुरा सरलता, झन् मूर्ख गाली दिनन्
सच्चा मानव कामना शुभ टिपी मानेर ताली लिनन् ।

२.
आफैं मैं छु भलो असाध्य गतिलो मान्छन् स्वयं दुर्जन
खोजी उन्नत चेतना हृदयमा राख्छन् जो छन् सज्जन
अर्काको छ विगार सोंच धमिलो पाल्दै सधैँ दुर्जन
अर्काको उपकार होस् हृदयले खोज्छन् सदा सज्जन ।

३.
पस्केको कविता कवि रहरले उत्कृष्ट आधारमा
खोजेको बुझ देखियो अधमले स्वार्थी छ आचारमा
कोही छैन मपाइँ गर्न बलियो सोच्ने भयो दुर्जन
राम्रा मानिस छन् सबै भुवनमा देख्छन् सफा सज्जन ।

४.
हेप्ने चर्तिकला छ मूर्ख जनको, खेदो छ खन्ने सधैँ
अर्काको अपकार हुन्छ जसरी तात्पर्य रोज्ने यसै
बोली शुष्क निकाल्छ मूर्ख मनले, हेपेर बोल्ने क्रम
खोज्छन् सज्जनले विनम्रपनले तोडिन्छ सारा भ्रम ।

५.
जो छन् मूर्ख सधैँ बबाल ननिका रोज्छन् अड्याई हलो
जो छन् सज्जन झिक्दछन् कुशलता गर्ने सबैको भलो
अर्काको उपकार देख्छ जहिले त्यो मूर्ख बन्ला दुखी
साराको उपकारमा विनयमा, ज्ञानी हुने छन् सुखी ।

०००
२०८०/०३/०१, बिहान
तनहुँ, नेपाल ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होस् भ्रष्ट मास्ने मति

होस् भ्रष्ट मास्ने मति

चन्द्रमणि अधिकारी
आमाको सम्झना

आमाको सम्झना

चन्द्रमणि अधिकारी
छ भ्रष्ट चाल

छ भ्रष्ट चाल

चन्द्रमणि अधिकारी
बुढ्यौलीको बात

बुढ्यौलीको बात

चन्द्रमणि अधिकारी
आमा

आमा

चन्द्रमणि अधिकारी
जान्छु एक्लै मलाम

जान्छु एक्लै मलाम

चन्द्रमणि अधिकारी
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x