साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य (शृङ्खला २१)

हेरोस् यो सरकारले अझ यता यी शिल्पका चाँङमा पाऊन् मूल्य समस्त वृद्धजले बेचून् कुनै दाममा ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

(वृद्धका सिप र ज्ञानको आदर गरौँ)

शिक्षाका हकमा निरक्षर कुनै पाकाहरू छन् तर ।
छन् सारा इतिहास कण्ठ मनमा देखे-सुनेका भर ॥
छर्दै सत्य कला पलापरिधिका पूर्वार्धको जीवन।
थन्क्याए करले र वृद्ध पथमा हिँड्छन् नथाकीकन ॥१०१॥

उम्दा शिल्प अगाडिका सुजनका हुन् राष्ट्रका यी धन ।
आफ्नै कन्तुरमा रहे सबकुरा, के काम लाग्यो भन ?॥
बग्दो गण्डकझैँ छ वृद्ध कतिको साहित्यमा तिर्सना ।
राख्छन् शब्द सुधामयी रसदिने बन्छन् मिठा सिर्जना ॥१०२॥

हाम्रा यी जननीहरू मुलुकका गर्दै कला सञ्चित।
पस्किन्छन् रस सार लोकलयमा शब्दार्थ आलोकित ॥
मात्रै टिक्टकमा नयाँ परिधिले आस्था जमायो ठुलो ।
कल्ले जोख्छ कला र वृद्धजनका ल्याएर राम्रो तुलो ॥१०३॥

वृद्धावृद्ध निरीह बन्नु नपरोस् यो विश्वले भन्दछ।
पाका सज्जनको समादर गरौँ आस्था अझै बढ्दछ ॥
जानेको जसले छ जे जति कुरा ल्याओैँ यता बाहिर ।
लागौँ लेखक पत्रकार, जति छौँ साहित्यका माहिर ॥१०४॥

पाका मानिसको समस्त सिप यो सद्भावले नाप्नुछ ।
बन्ला यो इतिहास निश्चय भरे तथ्याङ्कमा राख्नुछ ॥
हेरोस् यो सरकारले अझ यता यी शिल्पका चाँङमा
पाऊन् मूल्य समस्त वृद्धजले बेचून् कुनै दाममा ॥१०५॥

(क्रमशः)
०००
२०८०/२/१७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x