डा. विदुर चालिसेअखण्ड संस्कृति
सग्लो नक्सामा अखण्ड च्यातिएको मन र बौलाहापनका साथ बुद्धुहरू हलाल हावामा थिए । तिनले दरिद्र मनोविज्ञान साथ चिच्याउन थाले । - “अखण्ड संस्कृति !”

डा. विदुर चालिसे :
– “हिन्दूराज्य !”
– “अखण्ड राज्य !”
मधु र कैटव नामका दुई दाजुभाइ अर्काको विवाद गरिरहेका थिए । उनीहरू बसेको गर्भाशयमा एक विभाजन रेखा थियो ।
– “माछा !”
माछा भन्नू सास्ती र मस्ती दुवै थियो । एकतर्फ सास्ती र अर्को तर्फ मस्ती दुवै थियो । माछा कन्चन पानीमा चलिरहेको थियो । एकदिन भावरको भैंसीलाई माछा रहेको पोखरीको पानी पिउन मन लाग्यो । उसले पहाडबाट झरेको एक गोठालोलाई देखेर सोध्यो ।
– “तिम्रो ठाउँमा मलाई पुजा गर्छन् कि गर्दैनन् ?”
गोठालो वाक्क पर्यो । उसले डेढअक्कल लगाएर विचार गर्यो । प्वाक्क भनिदियो ।
– “तिम्रोमा के गर्छन् नि !”
– “हाम्रोमा त राँगा पुजा गर्छन् ।”
– “लौ मार्यो । हाम्रोमा त गाई पो पूजा गर्छन् त !”
-“लौ ! उसो भए पशुपतिको शरण पर्नू, पाप कट्टा हुन्छ !”
गोठालो सपनाबाट झल्याँस्स भयो । उसले सपनामै बर्बरायो । वरपर महिसासुरको रक्तविज नाचिरहेको थियो । उसको मुखबाट एकाएक दमित आवाज निस्क्यो ।
– “जनयुद्धको फल !”
माछा पोखरीमा नारा लाग्न थाल्यो । भूराहरू सल्बलाउन थाले । असलाहरू मस्किन थाले । भ्यागुताहरू टर्टराए । यत्तिकैमा संसदमा रन्थनिएर चिच्याइरहे ।
– “खण्ड खण्ड अखण्ड खण्डहर देश !”
सग्लो नक्सामा अखण्ड च्यातिएको मन र बौलाहापनका साथ बुद्धुहरू हलाल हावामा थिए । तिनले दरिद्र मनोविज्ञान साथ चिच्याउन थाले ।
– “अखण्ड संस्कृति !”
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































