साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अखण्ड संस्कृति

सग्लो नक्सामा अखण्ड च्यातिएको मन र बौलाहापनका साथ बुद्धुहरू हलाल हावामा थिए । तिनले दरिद्र मनोविज्ञान साथ चिच्याउन थाले । - “अखण्ड संस्कृति !”

Nepal Telecom ad

डा. विदुर चालिसे :

– “हिन्दूराज्य !”
– “अखण्ड राज्य !”
मधु र कैटव नामका दुई दाजुभाइ अर्काको विवाद गरिरहेका थिए । उनीहरू बसेको गर्भाशयमा एक विभाजन रेखा थियो ।

– “माछा !”
माछा भन्नू सास्ती र मस्ती दुवै थियो । एकतर्फ सास्ती र अर्को तर्फ मस्ती दुवै थियो । माछा कन्चन पानीमा चलिरहेको थियो । एकदिन भावरको भैंसीलाई माछा रहेको पोखरीको पानी पिउन मन लाग्यो । उसले पहाडबाट झरेको एक गोठालोलाई देखेर सोध्यो ।
– “तिम्रो ठाउँमा मलाई पुजा गर्छन् कि गर्दैनन् ?”
गोठालो वाक्क पर्‍यो । उसले डेढअक्कल लगाएर विचार गर्‍यो । प्वाक्क भनिदियो ।

– “तिम्रोमा के गर्छन् नि !”
– “हाम्रोमा त राँगा पुजा गर्छन् ।”
– “लौ मार्‍यो । हाम्रोमा त गाई पो पूजा गर्छन् त !”
-“लौ ! उसो भए पशुपतिको शरण पर्नू, पाप कट्टा हुन्छ !”

गोठालो सपनाबाट झल्याँस्स भयो । उसले सपनामै बर्बरायो । वरपर महिसासुरको रक्तविज नाचिरहेको थियो । उसको मुखबाट एकाएक दमित आवाज निस्क्यो ।
– “जनयुद्धको फल !”

माछा पोखरीमा नारा लाग्न थाल्यो । भूराहरू सल्बलाउन थाले । असलाहरू मस्किन थाले । भ्यागुताहरू टर्टराए । यत्तिकैमा संसदमा रन्थनिएर चिच्याइरहे ।
– “खण्ड खण्ड अखण्ड खण्डहर देश !”

सग्लो नक्सामा अखण्ड च्यातिएको मन र बौलाहापनका साथ बुद्धुहरू हलाल हावामा थिए । तिनले दरिद्र मनोविज्ञान साथ चिच्याउन थाले ।
– “अखण्ड संस्कृति !”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x