साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के के बिग्रियो !

अंशमा नमिलेर झर्के थाल बिग्रियो डिस्कोको प्रवेशले समला ताल बिग्रियो । गाँस्नु नजानेर पहारी बिग्रियो छास्नु नजानेर देशको छाहरी बिग्रियो ।

Nepal Telecom ad

टङ्कबहादुर आले :

बाउ बिग्रियो अनि माउ बिग्रियो
समयमा उपचार छैन घाउ बिग्रियो ।

दाइ बिग्रेर सँगै भाइ बिग्रियो
अङ्ग्रेजी नजान्नेको कोट टाई बिग्रियो ।

पति पत्नीको कुबुद्धिले घर बिग्रियो
कुयोजनाको लहै लहैले देशको शहर बिग्रियो ।

भाषा संस्कृति हाम्रो भेष बिग्रियो
बान्न नजान्दा जुत्ताको लेस बिग्रियो ।

बर्गर पिज्जा आदिले ढुङ्गेरोटी बिग्रियो
विकास राम्रै हो र पनि पहाडको चोटी बिग्रियो ।

खान नजान्दा पधुवा बिग्रियो
हाम्रो मायाले यता अगुवा बिग्रियो ।

हाँस उठ्दो उसको चाल बिग्रियो
भ्रष्टताले बहादुरको ढाल बिग्रियो ।

अंशमा नमिलेर झर्के थाल बिग्रियो
डिस्कोको प्रवेशले समला ताल बिग्रियो ।

गाँस्नु नजानेर पहारी बिग्रियो
छास्नु नजानेर देशको छाहरी बिग्रियो ।

०००
त्रियुगा नगरपालिका- ११
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्को चेतनाको अवतरण

अर्को चेतनाको अवतरण

टङ्कबहादुर आले
तीन टुक्रा कविता

तीन टुक्रा कविता

टङ्कबहादुर आले
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
जोते हुन्छ

जोते हुन्छ

टङ्कबहादुर आले
यस्तै छ

यस्तै छ

टङ्कबहादुर आले
हजुर बा

हजुर बा

टङ्कबहादुर आले
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x