साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठाेक्तक

जताततै अविश्वासको दैलै -दैलो बनाए फोहोर थुपारे घर भित्र सबै मैलो बनाए रुन्छ देश छातीभित्र सलबलाउँदा लुटेरा देश लुटेरै कतिले त मजबुत थैलो बनाए।

Nepal Telecom ad

हिरा खड्का अधिकारी :

१.
मन दुखाइदिन्छौ र पो रुनलाई पाएको छु
आफ्नो आँसुसँग बरोबर आफैँ छाएको छु
कति दिनु छ चोट निर्ढुक्क भएर अझै देऊ
हरेक चोटको सामना गर्न सामु आएको छु।

२.
अनयासै विनाशकारी तुफान चलेको बेला
आँखै अघि हुरहुरी सिंहदरबार जलेको बेला
कति हर्षित छैन मन संविधान दिवसमा पनि
कल्कलाउँदा सन्तान बली बनि ढलेको बेला।

३.
मरे किन युवा देशका लागि, बुझ्न जरुरी छ
छोडे के तिनले शेषका लागि, बुझ्न जरुरी छ
शहीदको रगत नै भागबण्डा गर्ने होड छ अहिले
मरेनन् ती पक्कै द्वेषका लागि, बुझ्न जरुरी छ।

४.
झुटको खेती भन्दा लुटको खेती फस्टाएको देख्छु
मुखले रामराम भन्ने गुटको खेती फस्टाएको देख्छु
कता थन्क्याएछन् कुन्नि इमान र स्वाभिमान तिनले
लटरम्मै फलेर कालकुटको खेती फस्टाएको देख्छु।

५.
जताततै अविश्वासको दैलै -दैलो बनाए
फोहोर थुपारे घर भित्र सबै मैलो बनाए
रुन्छ देश छातीभित्र सलबलाउँदा लुटेरा
देश लुटेरै कतिले त मजबुत थैलो बनाए।

०००
सुन्दर हरैँचा, माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
बेलाको बोली- १४७

बेलाको बोली- १४७

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- १४६

बेलाको बोली- १४६

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x