प्रज्ञा-प्रतिष्ठानको पुस्तक प्रदर्शनी मेला
आमरूपमा पठन संस्कृतिकाे विकास गर्ने उद्वेश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो ।
काठमाडौँ ०८० असाेज १० । नेपाल प्रज्ञा-प्रतिष्ठानले’सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान’भन्ने मूल नाराका साथ नियमित कार्यतालिका अनुसार विजयादशमी -२०८०को उपलक्ष्यमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ। आमरूपमा पठन संस्कृतिकाे विकास गर्ने उद्वेश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो ।
यस अवसरमा उहाँले पाठकहरूको चाहना र पठन संस्कृतिप्रति आकर्षित गर्ने उद्वेश्यले पुस्तक प्रदर्शनी गरिएको हो । प्रज्ञाका पुस्तकहरू सातै प्रदेश र पालिकासम्म पु-याउने लक्ष्य राखेको बताउनुभयो ।
प्रदर्शनीमा भाषा, साहित्य, संस्कृति, दर्शन, इतिहास, सामाजिक शास्त्र, कला र विज्ञानलगायतका पुस्तकहरू राखिएकाे छ ।
प्रदर्शनीमा शब्दकोश बाहेकका सम्पूर्ण पुस्तकहरू ४० प्रतिशत छुटमा विक्री गर्ने व्यवस्था गरिएको नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रेस सल्लाहकार तथा प्राज्ञ चेतनाथ धमलाले जानकारी दिए ।
०००
Subscribe
Login
0 Comments
Oldest