साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुदित कृति “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित

संस्था अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभू घिमिरे, वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले सो कृतिको लोकार्पण गर्नु भयो ।

Nepal Telecom ad

२०८० असोज ११, काठमाडौं । वाशु शशी स्मृति परिषद्ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा अनुवादक एवं साहित्यकार तथा वासु शशी स्मृति परिषद्का काेषाध्यक्ष श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पण गर्‍यो ।

संस्था अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभू घिमिरे, वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले सो कृतिको लोकार्पण गर्नु भयो ।

ओरियन्टल पब्लिकेसनले प्रकाशित गरेको सो कृति र अनुवादक श्याम प्रधानका बारे साहित्यकारहरु डा. विष्णुविभू घिमिरे, डा. तुलसीप्रसाद भट्टराई, राधेश्याम लेकाली, हरि गौतमलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो भने डा. उषा ठाकुरको लिखित मन्तव्य वाचन गरिएको थियो ।

संस्थाका सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा अनुवाद श्याम प्रधानले आफ्नो विशेष मन्तव्य राख्नु भएको थियो ।

कवि एवं सञ्चारकर्मी ठाकुर वेलबासेले संचालन गर्नु भएको सो कार्यक्रममा हिरण्यकुमारी पाठक, पवन आलोक, श्रीओम श्रेष्ठ “रोदन”, विमल भौकाजी, अनुपम रोशी, छविरमण सिलवाल, श्रीबाबु कार्की, तुलसीहरि कोइराला, जयदेव भट्टराई, मुरारि सिग्देल, सुदर्शन श्रेष्ठ, सुशीला देउजा, सुमन घिमिरे, ध्रुव मधिकर्मी, डा. उद्दव राई, तारा सुवेदी, मधु पठक, राजेश खनाल, सानुराजा अन्जान, ठुले राई, सरस्वती गौतम, रमा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

अनुवादक श्याम प्रधानका यसअगि प्रेमचन्दका उत्कृष्ट कथा, हिनामिना, देवदास, वक्त के घोडेलगायतका कृतिहरु प्रकाशित गरिसक्नु भएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x