साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जेष्ठ नागरिक बारे चेतनामूलक लघुकथा आह्वान

विश्व जेष्ठ नागरिक दिवस असोज १४ गते दिनभरि लघुकथा प्रतिष्ठान नेपालको पृष्ठमा प्रकाशित लघुकथाहरु समेटी सहप्रकाशन सन्दर्भ पत्रिकाले लघुकथा सँगालो प्रकाशन गर्ने भएको छ ।

Nepal Telecom ad

उदयपुर, ०८० असाेज १० । जेष्ठ नागरिकलाई समाजको चेतनाका संवाहक ठान्दै लघुकथा लेखेर र प्रशिक्षण दिएर लघुकथा प्रतिष्ठानले विश्व जेष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको छ ।

विश्व जेष्ठ नागरिक दिवस असोज १४ गते दिनभरि लघुकथा प्रतिष्ठान नेपालको पृष्ठमा प्रकाशित लघुकथाहरु समेटी सहप्रकाशन सन्दर्भ पत्रिकाले लघुकथा सँगालो प्रकाशन गर्ने भएको छ । त्यसका लागि यस्ता नियम तोकेको छ-
१. सन्दर्भ- जेष्ठ नागरिक दिवस लेखेर सुरुआत गरिनुपर्ने ।
२. जेष्ठ नागरिकलाई केन्द्रमा राखी लेखिनुपर्ने ।
३. विशेषतः जेष्ठ नागरिकप्रति सम्मान दर्सिनुपर्ने ।

लघुकथा प्रतिष्ठानले बेलुका ७ः३० बजे नियमित लघुकथा प्रशिक्षणको काम गर्दै आएको छ । यसका लागि फेसबुक र युटुभ लाइभको उपयोग गरी सिकारु र जिज्ञासुहरुलाई प्रशिक्षित तुल्याउँदै आएको छ । जेष्ठ नागरिक बारेका ती लघुकथाहरुलाई प्रशिक्षण कार्यक्रममा समावेश गरिने धारणा संयोजक मनोहर पोखरेलले जनाएका छन् ।

प्रतिष्ठानको दोस्रो वार्षिकोत्सब यही कार्तिक ३ गते पर्छ । सो अवसरमा बुढ्यौली विषयक लघुकथाको आह्वान यस अघि नै गरिसकेको बताउँदै प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजाल भन्नुहुन्छ जेष्ठ नागरिकको बारेमा आह्वान गरिएको यो अनुरोधको लक्ष्य भनेको ३ गतेकै कार्यक्रमको तयारी सम्बन्धमा हो ।

०००
– नन्दलाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x