फित्काैली डटकमपोखरामा चेतन कार्कीको स्मरण गरियो
हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले अध्यक्षता गर्नु भएको सो कार्यक्रमको प्रमुख वक्ता "चेतन कार्की प्रतिष्ठान"का महासचिव साहित्यकार मुरारि सिग्देलले चेतन कार्कीसित बिताएका तीन दशकको बसिबियाँलो सम्झदै श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

पोखरा , २०८० कात्तिक २२ । हिमाली साँस्कृतिक परिवारले पोखरामा संस्थाका प्रमुख संरक्षक साहित्य कला एवम् चलचित्रकर्मी चेतन कार्कीको जन्म जयन्तीमा “चेतन कार्की स्मृति सन्ध्या २०८०” कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रम नेपाल ऋषि डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नृत्य, गीतसहित विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । सिही कार्यक्रममा चेतन कार्कीको शब्दको गीत “कान्छी हे कान्छी”, “माया प्रीतिको चोखो कथा”समेत प्रस्तुत गरिएको थियो ।
हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले अध्यक्षता गर्नु भएको सो कार्यक्रमको प्रमुख वक्ता “चेतन कार्की प्रतिष्ठान”का महासचिव साहित्यकार मुरारि सिग्देलले चेतन कार्कीसित बिताएका तीन दशकको बसिबियाँलो सम्झदै श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
कार्यक्रममा अध्यक्ष थापाले स्वागत गर्नु भएको थियो भने “मलाई रमाइलो मेरै पाखा पखेरो” स्वागत नृत्य पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गायिका बाबा राणाले चेतन कार्कीसँग बिताएका स्मृतिसहित गीत प्रस्तुत गर्नु भयो । यस्तै अर्का वक्ता आनन्द राज मुल्मीले – चेतन कार्कीले पोखरामा दिएको योगदानबारे प्रकाश पार्नु भएको थियो ।
सो कार्यक्रममा संस्थाका संरक्षक नरबहादुर शेरचनसहित संस्थाका मानार्थ सदस्य टीकाबहादुर कार्की, जेपी क्रस, बुद्धिमान गुरुङ धम्पु, बुद्धिप्रसाद गुरुङ, संस्थाका सल्लाहकार क्षेत्र गुरुङ, संचारकर्मी दीपेन्द्र श्रेष्ठ, गीतकार दुर्गा शाह बाबा, साहित्यकार असफल गौतम, रमा परासर सूदलगायतको बाक्लो उपस्थित रहेकोे थियो ।
कार्यक्रमको सञ्चालन मुक्तककार निशा केसीले गर्नुभएको थियो ।
साहित्यकारहरुलाई पर्वतका विभिन्न ठाउँको अवलोकन भ्रमण गराइएको सो कार्यक्रममा स्थानीयहरूको बाक्लो उपस्थिति थियो । फलेवास बरकोडाली आमा समूह र स्थानीयहरुको व्यवस्थापनमा पाहुनाहरुलाई खानेबस्ने व्यवस्था गराइएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest










































